Thursday, April 23

कोरोनाबाट थप १७ को मृत्यु, कुल मृतकको संख्या ४ सय ५३ पुग्यो

नेपाल अखबार, पाेखरा।  कोरोना भाइरस (कोभिड-१९) बाट थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १२ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङका ५५ वर्षीया, सुनसरीका ८१ वर्षीया, धादिङका ३२ वर्षीया महिलाको मृत्यु भएको छ ।
यस्तै भक्तपुरमा ७३ वर्षीया महिला र ८४ वर्षीय पुरुष, काठमाडौंमा ८२ वर्षीया महिला र ७५, ७९ र ८० वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै झापामा ७८ वर्षीय, धनुषामा ६८ र ७० वर्षीय, रौतहटमा ६५ वर्षीय, तनहुँमा ३९ वर्षीय, दाङमा ३९ वर्षीय, कपिलवस्तुमा ५० वर्षीय र नवलपरासीमा ५५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको छ ।
आज १ हजार ४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । ११ हजार ४ सय ४९ पीसीआर परीक्षण भएकोमा आज ५ सय १३ महिला र  ९ सय ८४ पुरुषमा संक्रमण देखिएको छ । यस्तै काठमाडौंमा ६ सय ९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जनामा संक्रमण देखिएको छ । यस्तै चितवनमा १ सय ३७, मोरङमा ७३, रुपन्देहीमा ८६ जनामा संक्रमण देखिएको छ ।
आज देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ रहेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *