नेपालअखबार, पोखरा । संयुक्त एम्बुलेन्स चालक संघ कास्कीको अध्यक्षमा होमनाथ पौडेल निर्विरोध निर्वाचित भएका छन् ।
संघको शनिबार सम्पन्न दोस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्ष अम्जद मियाँ, सचिवमा कुशल कुँवर र कोषाध्यक्षमा चित्रबहादुर थापा चयन भएका छन् ।
यस्तै, समितिको सदस्यहरुमा बुद्धि पन्त, शिवकुमार श्रेष्ठ र कुलबहादुर गुरुङ्ग निर्वाचित भएका छन् । कार्यसमितिमा केही सदस्य आवश्यकता अनुसार थप गर्न सकिने बताएको छ । यसैगरी, केन्द्रीय प्रतिनिधिमा कास्कीबाट रामचन्द्र पहारीलाई छनोट गरिएको छ भने भेलाले केन्द्रीय सचिवालय सदस्यमा डिल्लीराम पौडेललाई मनोनीत गर्न केन्द्रीय अध्यक्षलाई आग्रह गर्ने निर्णय समेत गरेको नवनिर्वाचित अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा केन्द्रीय महासचिव मुक्ति काफ्लेले अब देशभरिका एम्बुलेन्स चालक एक भएर आफ्नो हक र अधिकारका लागि लड्नुपर्ने बेला आएको भन्दै सबैलाई संगठित हुन आग्रह गर्नुभयो ।

