नेपाल अखबार, पाेखरा। पोखरा–१३ को गौडाकोमुखबाट लागूऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित पोखरा–१३ गौडाकोमुख निवासी २५ वर्षीय दिपेश गुरुङलाई शनिवार साँझ ७.०० बजे पक्राउ गरेको हो ।
गौडाकोमुख स्थित बाटोमा हिडिरहेका गुरुङलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट डाईजापाम २३ एम्पुल, फेनरागन २४ एम्पुल, नुरफिन २४ एम्पुल गरी ७१ एम्पुल लागूऔषध र एक थान मोवाइल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता सुवास हमालले बताउनुभयो । गुरुङलाई आवश्यक कारवाही अगाडि वढाइनुको साथै घटनाको बारेमा थप अनुसन्धान अगाडि वढाइएको वताइएको छ ।

