Wednesday, April 22

विद्यार्थीले पाए सहुलियत दरमा इन्टरनेट

नेपाल अखबार,काठमाडौं । विद्यार्थी र शिक्षकले सहुलियत दरमा भ्वाइस सेवा, पाँच जिबी डाटा र बल्क एसएमएस पाउन थालेका छन् ।
सिकाईमा सहजीकरणका लागि भ्याट लगायतका कर बाहेक ९९ रुपैयाँमा ‘पाठशाला सियुजी सिम’ उपलब्ध गराउने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । पाँच जिबी डाटा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेभसाइटमा कक्षा १ देखि १० सम्मका पाठ्यक्रम चलाउन मात्रै प्रयोग गर्नुपर्ने शर्मा बताउँछन् ।शिक्षा मन्त्रालयले नेपाल टेलिकमसँग सम्झौता गरेर विद्यार्थीहरूलाई सहुलियत प्रदान गर्न लागेको हो । ‘पाठशाला सियुजी सिम’ शिक्षक-विद्यार्थी र अभिभावकबीच असिमित कुराकानी गर्न, केन्द्रको वेभसाइट चलाउन र शैक्षिक प्रयोजनका लागि बल्क एसएमएस चलाउन सकिने मन्त्रालयले जनाएको छ ।
सिम लिनका लागि विद्यालय र स्थानीय तहको सिफारिस आवश्यक पर्ने प्रवक्ता शर्माले जानकारी दिए ।
शिक्षा मन्त्री गिरिराजमणी पोखरेलद्वारा १९ भदौमा पारित विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा ‘नेपाल टेलिकम लगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी निःशुल्क वा सहुलियत शुल्कमा डाटा प्याकेज प्राप्त गरी विद्यालय र विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउने’ उल्लेख छ ।
अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरीले शिक्षा मन्त्रालयको यो पहल सकारात्मक रहेको बताए । तर सबै विद्यार्थीलाई अनलाइन कक्षाको पहुँचमा ल्याउन यो व्यवस्थाले मात्रै नपुग्ने उनको भनाइ छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *