Wednesday, April 22

३४ वर्षअघि हत्या गरेर फरार भएका आराेपी पक्राउ

नेपालहअखबार, सिन्धुपालचोक। ३४ वर्षअघि हत्या गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन्।
प्रहरीले लिशंखुपाखर गाउँपालिका-७ बस्ने ५७ वर्षीय फुर्पा तामाङलाई आइतबार सवा २ बजे पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपालचोक र प्रहरी चौकी लामो साँघुबाट खटिएको टोलीले पक्राउ गरेको हो।
तामाङ र उनका दाइले २०४३ साल असोज २० गते सोही ठाउँ बस्ने २४ वर्षीय जोगलाल तामाङको हत्या गरेकाे प्रहरीले जनाएकाे छ।
प्रहरीका अनुसार घरबाट दशैंका लागि सामान किन्न डाँडापाखर बजार गएका जोगलाललाई उनीहरूले बाटो ढुकेर लाठी तथा खुकुरी प्रहार गरेका थिए।
सिन्धुपालचोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश सापकोटाका अनुसार उनका दाइ पक्राउ परिसकेका थिए।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *