Saturday, July 25

अमेरिकाको टेक्ससमा धाराको पानीमा पाइयो मानिसको गिदी खाने घातक जीवाणु, प्रयोग नगर्न चेतावनी

नेपाल अखबार,एजेन्सि। अमेरिकाको टेक्सस राज्यमा पर्ने लेक ज्याक्सन भन्ने सहरका धारामा आउने पानीमा मानिसको गिदी खाने घातक जीवाणु भेटिएका छन्।
परीक्षण गर्दा खानेपानीमा नेग्लेरिया फाउलेरी नामको जीवाणु पाइएको र त्यसले मानिसको मस्तिष्कमा संक्रमण गर्न सक्ने भन्दै धाराको पानी प्रयोग नगर्न त्यहाँका बासिन्दालाई चेतावनी दिइएको छ।
लेक ज्याक्सनका अधिकारीले वितरित पानीलाई संक्रमणरहित बनाउने क्रम जारी रहेको जनाएका छन्। तर यो काम कहिलेसम्म पूरा हुन्छ भन्न नसकिने उनीहरूको भनाइ छ।
त्यस्तो पानी प्रयोग गर्नै परे राम्रोसँग उमालेर मात्र पिउन अधिकारीले सुझाव दिएका छन्। नुहाउँदासमेत पानी नाकभित्र नपरोस् भनेर सतर्कता अपनाउन चेतावनी दिइएको बीबीसीले जनाएकाे छ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *