Sunday, April 19

थप १३ सय ५१ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५१ जनामा कोरोना संक्रमण देखिएको छ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गैतमले देशभरमा थप १ हजार ३५१ जनामा कोरोन संक्रमण पुष्टि भएको जानकारी दिए।
प्रवक्ता गौतमका अनुसार आज देशभरमा संक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको छ।
संस्थागत आइसोलसनमा ८ हजार ६९५ रहेको उनले जानकारी दिए।
पछिल्लो २४ घण्टामा १० हाजर ८० पीसीआर परीक्षण भएको थिो।
त्यस्तै पछिल्ले २४ घण्टामा थप ७४२ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या ५४ हजार ६४० पुगको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *