Sunday, July 26

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

नेपालअखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा २ महिला र २ पुरुष रहेका छन्।
मृत्यु हुनेमा भक्तपुरकी ५१ वर्षीया महिला र सुनसरी, बाँके र गुल्मीका ३ पुरुष रहेका छन्।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृतयु हुनेको संख्या ४८१ पुगेको छ।
यो कूल संक्रमितको ०.६५ प्रतिशत हो।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *