Thursday, April 23

पोखरामा थप १४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। पोखरामा थप १४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखराका थप १४ जनालाई संक्रमण पुष्टि भएको हो । पोखरा ५ की ९ वर्षीय बालिका तथा १४ वर्षीय बालक सहित ३६ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पोखरा ८ का ४९ वर्षीय पुरुष, १३ का २४ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पोखरा १५ का ३४ वर्षीय पुरुष सहित ३३ र ५६ वर्षीय २ जना महिला, १७ का ५५ र ५६ वर्षीय महिला सहित २४, ३१ र ६१ वर्षीय ३ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा २० का ८३ वर्षीय वृद्धलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
यता नवलपरासी (ब.पु.पू) का ४ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको विनयत्रिवेणीका हुन् । विनयत्रिवेणी ३ की १२ वर्षीय बालिका सहित ७० वर्षीय वृद्धालाई संक्रमण पुष्टि भएको हो । त्यस्तै ४ का २६ तथा ५९ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ८ सय १३ पुगेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *