सल्मा बेगम, काठमाडौं । नेपाली समाजमा धेरै नै प्रचलित भनाइ छ रक्तदान जीवनदान ,आवश्यक्ता पनि तपाईंको शरीरमा बग्ने रगतको केही थोपाले अरु कसैको जीवन बचाउनु नै उनलाई जीवन दान गर्नु सरह हो।
केही पनि कुरा दान गर्नु आफैमा पुन्यको काम हो त्यो भन्दा पनि ठुलो कुरा हो रगत दान गर्नु र अरु कसैकी जीवन बचाउनु ।
रक्तदान गर्नु एक सामाजिक कार्य हो जुन स्वास्थ ब्यक्तिले स्वैच्छिक र स्वस्फूर्त रुपमा नि शुल्क आफ्नो शरीरमा भएको रगतको केही मात्रा आवश्यता परेका ब्यक्तीलाई मेडिकल प्रयोजनको निम्ति दिने गर्दछ्न। नेपालमा धेरै जसो होलब्ल्ड दान गर्ने गरिन्छ जस्मा रगत भित्ररहने सम्पुर्ण पदार्थलाई लिइन्छ।
नेपालमा धेरै जसो बिरामीहरु रगतको अभावमा मृत्युुबरण गर्न पुग्छन।
विशेष गरि अप्रेसन कक्ष ,क्यान्सर बिरामी, सुत्केरी या प्रसबको समय,त्यस्तै कुनै सडक दुर्घटनामा परेर घाइते भएका बिरामीहरुको लागि रगत जरुरत पर्दछ।
रगत कुनै प्रयोगशालामा उत्त्पादन गर्न नसक्ने हुदा पनि मानिसहरुले स्वयं रक्तदान गर्नुको विकल्प छैन ।
हाम्रो समाजमा रक्तदान गर्न का महिला भन्दा पुरुष अगाडि बडेको देखिन्छन। रक्तदान गर्दा शरीर कमजोर हुन सक्ने मानसिकताको कारण महिलाहरु रक्तदान गर्न रुचाउदैनन।
तर त्यो अबास्तबिक भ्रम मात्र हो। १८बर्ष देखि ६०सम्म सम्म को स्वास्थ महिलाले ४-४महिना को फरक मा रक्तदान गर्न सक्छिन।
तपाईंको यो कार्यले एक जनाको जिन्दगी बाच्नेछ भने तपाईं आफै पनि विभिन्न रोग हरु बाट बच्नु हुनेछ। रगत हाम्रो शरीरमा बग्ने तरल पदार्थ हो जस्मा रहेका रातो रक्तकोस १२०दिन, सेतो रक्तकोस २-१५दिन र प्लेट्लेट्स ७-१४दिन मा मरेर जान्छ र नयाँ केसिकाहरु बन्दै जान्छ्न।यसरी हाम्रो शरीरमा अनबरत बनी रहेको रगत दान गर्दा, रगत लिनेलाई मात्र नभई स्वयं दिने लाई समेत धेरै फाइदा गराउछ।रगतमा रहेका बिकार पदार्थहरु बाहिर निस्किने छन र नया र स्वास्थ रगतहरु उत्पादन गर्नेछन ,शारिरिक रुपमा मात्र नभई मानसिक सन्तुष्टि पनि प्राप्त गर्नु हुनेछ।महिलाको हक मा रक्तदान गर्न को लागि रगत को हेमोग्लोबिन कम्तिमा१२.५ % र महिनाबारी भयको कम्तिमा १हप्ता पछि रक्तदान गर्न सकिने प्राबधान छ।
त्यसैले महिला ससक्तिकरण र समाजिक कार्यमा महिला सहभागिता गराउन साथै , महिलाहरुको आत्मसम्मान र स्वधिनता को उच्चस्तरीय स्वमुल्यांकन समेत हुने गरि आफ्नो समाज र देशको निम्ति एक सामान्य नागरिक को दायित्व पूरा गर्न को निम्ति र अकाल मा कुनै पनि नागरिकलाई मृत्युको मुख बाट बचाउन सक्ने सामर्थ्य हरेक महिलाहरुमा समेत रहेको हुँदा महिलाहरुले पनि रक्तदान जस्तो सामाजिक कार्यमा अग्रसर हुनुपर्ने देखिन्छ।
धेरै दिदी बहिनीहरुलाई लाग्न सक्छ, महिलाहरुले रक्तदान गर्नु हुदैन,यसले महिलाको स्वास्थमा असर गर्न सक्छ,महिनाबारी र प्रसबकालको समयमा अत्यधिक रगत बगाएका महिलाहरुमा रगत स्वयं कम हुन्छ भन्ने, यस्ता कुराहरु अबैज्ञानिक भ्रम मात्र हो।
अबको कुनै पनि रक्तदान कार्यक्रमहरुको लागि महिलाहरुलाई विशेष सहभागी गराउन निम्ति जनचेतनामुलक कार्य योजना सम्बन्धित क्षेत्रबाट पहल हुन आवश्यक देखिन्छ। कोरोना महामारीका बेला नेपालका धेरै अस्पतालमा रगतको अभाव भएको समाचारहरु बाहिरी रहेको हुदा यस संकटको घडीमा रक्तदान गरेर आफू र अरुको जिन्दगी बचाउन हाम्रो योगदान अतुलनीय रहनेछ।
रक्तदान गर्दा के के फाइदा हुन्छ ?
१. रक्तदान मुटुका लागि निकै राम्रो मानिन्छ । स्वस्थ्य मानिसले ३/३ महिनाको अन्तरमा रक्तदान गरेमा शरीरमा आइरनको मात्रा सन्तुलित रहन्छ । साथै रक्तदातालाई हृदयाघातको संभावना हुदैन । रक्तदान गर्दा रगत पातलो हुन्छ, यो मुटुका लागि फाइदाजनक मानिन्छ ।
२. शरीरलाई स्वस्थ राख्न नयाँ रक्त कोशिकाको महत्वपुर्ण भुमिका हुन्छ । त्यसैले नियमित रक्तदान गर्दा शरीरमा नयाँ बन्ने रगत र कोशिका स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् ।
३. एक पिन्ट रक्तदान गर्दा शरीरबाट ६५० क्यालोरी खपत हुन्छ । यसले तौल नियन्त्रणमा महत्वपुर्ण भुमिका खेल्दछ । नियमित रुपमा रक्तदान गर्नेहरुले मोटोपनाको तनाव लिनुपर्दैन ।
४. क्यान्सरजस्ता प्राणघातक रोगबाट बचाउन समेत नियमित रुपमा रक्तदान गर्नुपर्दछ । नियमित रक्तदान गर्दा क्यान्सर र अन्य रोगको संभावना कम हुन्छ। किनभने रक्तदानले शरीरमा रहेका विषाक्त पदार्थ बाहिर निकाल्दछ ।
५.तपाइँले दान गर्नु भयको रगतले कसैको जिन्दगी बच्ने हुदा,आफैमा गर्व र सकारात्मक भावना अभिबृद्दि गर्नेछ, जसले सारिरिक साथै मानसिक स्वास्थमा समेत सहयोग पुर्याउने गर्द्छ।
५. रक्तदान गर्दा शरीरमा रोग भए नभएको परीक्षण गरिन्छ । यसले शरीरको नियमित जाँच पनि हुन्छ । रक्तदानपछि समेत एचआइभी, मलेरिया, भीडीआरएल तथा एन्टीबडीजस्ता परीक्षण गरिन्छ ।
कस्ले रक्तदान गर्न सक्छ्न?
१.सामान्यतया १६ देखि ६०बर्स उमेर समूह का ब्यक्ति
२. ५० किलोग्रामभन्दा बढी तौल भएका ब्यक्ति
३.शारिरिक र मानसिक रुपमा स्वस्थ्य ब्यक्ती
४. नाडीको चाल ५०-१०० प्रतिमिनेट भएका, माथिल्लो प्रेसर (सिस्टोलिक) १००-१८० तथा तल्लो प्रेसर (डायास्टोलिक) ६०-१०० छ भने उच्च रक्तचापको औषधि खाइरहेका वा नखाएका जोसुकैले पनि रक्तदान गर्न सक्छन् ।
कस्ले रक्तदान गर्नु हुदैन?
१स्तनपान गराइरहेकी र गर्भबति महिला(गर्भपात भएको ६महिनार सुत्केरी भएको १२महिना सम्म)
२.मुटु सम्बन्धि रोग,क्यान्सर र अन्य यौनजन्य रोगी हरुले
३दीर्घकालीन मदिरापान गर्ने ब्यक्ति
३.पछिल्लो पटक रक्तदान गरेको पुरुषको लागि ९०दिन र महिला हरुको लागि १२०दिन सम्म रक्तदान गर्नु हुन्न
४.ग्रोथ हर्मोन लिएकाहरुले र एन्टिबायोटिक सेवन गरिरहेका हरुले रक्तदान गर्नु हुदैन
रक्तदान गर्नु अगाडी के गर्दा राम्रो हुन्छ?
१.सागसब्जी बढी खाने
२.आइरन पाइने खानेकुरामा बढी जोड दिने
३.भिटामिन बी१२ युक्त खानेकुराको सेवन गर्ने
४.अनार रगतको राम्रो स्रोत भएकाले बढीभन्दा बढी अनारको सेवन गर्ने
५.अमला लगायतका भिटामिन सी युक्त खानेकुरा बढी खाने६.रक्तदान गर्नु अगाडि धूम्रपान ,मदिरापान गर्नु हुदैन (धूम्रपान ६घन्टा र मदिरापान २४घन्टा सम्म)
७.करिब ६-८घन्टा आरामदायी निन्द्रा पूरा भएको
८.रक्तदान गरेपछि के के गर्ने?
९.प्रसस्त मात्रा मा जिबनजल,झोलिलो खाना र चिनी पानी सेवब गर्नु राम्रो हुन्छ
१०.कुनै पनि कुरा को चिन्ता डर नलिने र रिल्यक्स र तनाबमुक्त हुनु पर्छ
११.कसैको जबर्जस्ती र करकाप मा नभइ स्व इच्छाले रक्तदान गराउनु पर्छ
रक्तदान गरेपछि के के गर्ने?
१.२० मिनेट आराम गर्नुपर्छ ।
२. कहिलेकाहीँ रक्तदान गरेपछि रिङ्गटा लाग्न सक्छ, होस गुम्न सक्छ। यस्तो अवस्थामा जुरुक्क उठ्ने प्रयास गर्नु हुँदैन। कोल्टे फर्केर आराम गर्नुपर्छ। गोडा अलि माथि उठाउने वा गोडामुनि सिरानी राखेर सुत्नुपर्छ ।
३.जुस, जीवन जल, पानी जस्ता तरल पदार्थ प्रसस्त पिउनुपर्छ
४.२४ घण्टा शारीरिक श्रम हुनेगरी गाह्रो काम गर्नु हुँदैन
५. रक्तदान गरि सके पछि कम्तीमा ४-६ घन्टा धूम्रपान र मदिरा गर्नु हुदैन ।।

