Sunday, July 26

२५ विद्यार्थीलाई विष खुवाउने चिनियाँ शिक्षिकाले पाइन् मृत्युदण्डको सजाय

नेपालअखबार,एजेन्सि। नर्सरी कक्षामा पढ्ने २५ विद्यार्थीलाई विष खुवाएको आरोपमा चीनका एक शिक्षिकालाई मृत्युदण्डको सजाय दिइएको छ।
गतवर्ष विष खुवाइएका २५ मध्ये एक विद्यार्थीको मृत्यु भएको थियो। शिक्षिका वाङ युन लाई गतवर्ष नै प्रहरीले पक्राउ गरेको थियो।
अदालतका अनुसार वाङले जिआओजाओ शहरको किन्डरगार्टेनमा विद्यार्थीहरुलाई बिहानको खाजामा सोडियम नाइट्रेड मिसाएर दिएका थिए।
सँगै कामगर्ने सहकर्मीसँग मनमुटाब भएपछि वाङले बदला लिन ती सहकर्मीका विद्यार्थीको खाजामा विष हालिदिएको बताइएको छ। एजेन्सी

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *