Thursday, April 23

ट्रम्पको आरोपः भारतले कोरोनाका कारण ज्यान गुमाएकाहरुको आँकडा लुकाइरहेछ

नेपाल अखबार, एजेन्सि। अमेरिकामा राष्ट्रपति पदका लागि डोनल्ड ट्रम्प र जो बाइडनबीच पहिलो डिबेट सुरु भइसकेको छ । दुबै प्रतिद्वन्द्वी विभिन्न मुद्दा जस्तै स्वास्थ्य, न्याय र अर्थव्यवस्थालगायतमा कुरा गरिरहेका छन् र एक–अर्कामाथि तिखो हमला गरिरहेका छन् ।
कोभिड–१९ को महामारीबारे प्रश्न सोध्दा डोनल्ड ट्रम्पले यदि जो बाइडन उनको स्थानमा भएको भए अमेरिकामा धेरैको मृत्यु हुने बताए । जवाफमा बाइडनले महामारीसँग लड्नका लागि ट्रम्पसँग कुनै योजना नभएको आरोप लगाए ।
अमेरिकामा कोरोनाभाइरस संक्रमणका ७० लाखभन्दा बढी संक्रमित छन् भने हालसम्म दुई लाख बढीको मृत्यु भइसकेको छ ।
कोरोनाभाइरसमाथि चर्चाः
बाइडनले कोरोनाभाइरस महामारीसँग लड्नका लागि ट्रम्प प्रशासनको आलोचना गरे जसको जवाफमा ट्रम्पले महामारीसँग जुध्नका लागि सरकारले उत्कृष्ट काम गरेको बताए ।
उनले भने, ‘हाम्रो सरकार कोरोनाभाइरससँग लड्नका लागि मास्क, पिपिई किट र औषधी लिएर आयो । हामी कोरोना भ्याक्सिन बन्नका लागि केही हप्तामात्रै टाढा छौं । मैले कम्पनीसँग कुरा गरेको छु र भन्न सक्छु कि हामीले चाँडै नै भ्याक्सिन बनाउनेछौं ।’
अमेरिकामा कोरोनाबाट भएको मृत्युको मामिलामा उनले भने, ‘भारत, रुस र चीनले कोरोनाभाइरसबाट भएको मृत्युको आँकडा लुकाएका छन् ।’
दुबै नेताले एक–अर्कालाई मास्कदेखि भ्याक्सिन र सामाजिक दुरीजस्ता मुद्दामाथि निशाना साँधे ।
बाइडेनले ट्रम्पमाथि मास्क लगाउने विषयमा गम्भीरता नअपनाएको आरोप लगाए भने बाइडनले मजाक उडाउँदै भने, ‘बाइडन २०० मिटरको दुरीमा हुँदा पनि ठूलो मास्क लगाएर आउँछन् ।’
कार्यक्रम प्रस्तोता क्रिस वेलेसले ट्रम्पले महामारीको क्रममा भीडभाड युक्त चुनावी सभाको आयोजना किन गरिरहेका थिए भनेर प्रश्न सोधे । जवाफमा ट्रम्पले भने, ‘यदि बाइडनले यति भीड जुटाउन सकेको भए, उनले पनि यसै गर्दथे ।’
बाइडनले ट्रम्पलाई भने, ‘तपाईं आफ्नो पाखुरामा ब्लिचको खोप लगाउनुहोस्, सायद यसले तपाईंको कोरोना ठिक होला ।’ यसको जवाफमा ट्रम्पले भने, ‘मैले यो कुरा ठट्टामा भनेको थिएँ र यो कुरा तपाईंलाई राम्रोसँग थाहा छ ।’
ट्रम्पले भने, ‘यदि मेरो ठाउँमा तपाईं हुनुभएको भए अमेरिकामा कोभिड–१९ का कारण दुई करोडको मृत्यु हुन्थ्यो । यस्तै, बाइडनले भने, ‘सबैलाई थाहा छ, ट्रम्प झुटा हुन् ।’
ट्रम्प र बाइडनले हात मिलाएनन्ः
कोरोनाभाइरसलाई मद्देनजर गर्दै यसपटक दुबै नेताले हात मिलाएनन् ।
यो डिबेट ओहायोको क्लिवल्याण्डमा भइरहेको छ । सामाजिक दुरीको नियमका कारण सिमित संख्यामा मानिसहरुलाई डिबेटमा आउन अनुमति दिइयो ।
डिबेटको सुरुवातमा नै क्रिस वेलेसले दुबै प्रतिद्वन्द्वीलाई सर्वोच्च अदालतको अर्को न्यायाधीशको नामाङ्कनबारे प्रश्न सोधे ।
ट्रम्पले आफ्ना प्रत्याशी ऐमी कोनी ब्यारेटबारे कुरा गर्दै भने, ‘उनी हरेक किसिमले राम्रा र शानदार’ छन् ।
डिबेटको क्रममा राष्ट्रपति ट्रम्पकी श्रीमती मेलानिया ट्रम्प र जो बाइडनकी श्रीमती जिल बाइडन पनि उपस्थित थिए । डोनल्ड ट्रम्पकी छोरी इभांका र टिफनी ट्रम्प पनि यो मौकामा उपस्थित रहे ।
डिबेटको क्रममा दर्शकलाई कुनै पनि प्रकारको हो–हल्ला, चियर गर्न प्रतिबन्ध छ ।
स्रोतः बीबीसी

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *