Saturday, July 25

पोखराका घरेलु श्रमिक बालबालिकालाई शैक्षिक सामाग्री

नेपाल अखबार, पोखरा । पोखरा–१७ पार्दीस्थित ज्येष्ठ नागरिक बैदिक सनातन (वेदान्त दर्शन) सत्संग स्थलमा अध्ययनरत घरेलु श्रमिक बालबालिलाई लायन्स क्लब अफ पोखरा टुरिजमले शैक्षिक सामाग्री वितरण गरेको छ ।
साँझ विहान अर्काको घरमा काम गर्दै आएका तथा पोखराका विभिन्न वर्कसप कार्यरत श्रमिकलाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ सञ्चालित सो संस्थामा अध्ययनरत ३० जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
लायन्स क्लबका डिष्ट्रिक गभर्नर मानबहादुर रोकाहाले श्रमिक बालकलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै लायन्सले विशेष गरी पछिल्लो समय बालबालिका र ज्येष्ठ नागरिकको क्षेत्रमा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । क्लबले कार्पेट, शैक्षिक सामाग्री र ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरणसंगै एक लाख रुपैयाँ भन्दा बढीको सहयोग गरेको हो
ज्येष्ठ नागरिक बैदिक सनातन (वेदान्त दर्शन) सत्संगका अध्यक्ष टोपराज ढुङ्गानाले घर, होटल, रेष्टुरेन्ट तथा वर्कसपहरुमा श्रम गर्ने श्रमिक बालबालिको शिक्षा दिक्षा एवम् ज्येष्ठ नागरिकको लागि दिवा सेवा केन्द्र सञ्चालन गर्दै आएको बताउनुभयो । सो संस्थामा हाल ३० जना श्रमिक बालबालिका अध्ययनरत छन् भने २५ जना भन्दा वढी ज्येष्ठ नागरिकले दिवा सेवा लिइरहेका छन् ।
पोखरा उद्योग वाणिज्य संघद्धारा बालश्रम न्यूनीकरण कार्यक्रम अन्तर्गत श्रमिक तथा जोखिममा रहेका बालबालिकालाई पठनपाठन गराउने लक्ष्यका साथ शुरु गरिएको सो संस्थाले अक्षर चिनाउने र पायक पर्ने सरकारी विद्यालयमा भर्ना गर्ने कार्य गर्दै आएको छ ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *