Monday, July 6

पोखरामा ७जना प्रहरी सहित थपिए २७ कोरोना संक्रमित

नेपाल अखबार, पाेखरा। पोखरा महानगरका १३ वटा वडामा २७ सहित गण्डकी प्रदेशमा ४४ जना नयाँ कोराना संक्रमित थपिएका छन ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरामा वडा प्रहरी कार्यालय रामवजारमा कार्यरत २७, २८, ३१ र ३४ वर्षीय पुरुष तथा २२–२२ र २३ वर्षीया महिला प्रहरीमा कोरोना संक्रमण देखिएको जनाएको हो । त्यसै गरि पोखरा वडा नं ४ का ३४ वर्षीय पुरुष, वडा नं ५ का २४ वर्षीय पुरुष, वडा नं ६ का ३० र ६५ वर्षीय पुरुष र ५५ वर्षीया महिला, वडा नं ८ का २५ वर्षीय पुरुष तथा वडा नं ९ का ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पोखरा वडा नं १० का ५७ वर्षीय पुरुष र ३२ वर्षीया महिला, वडा नं १२ का ४३ र ३९ वर्षीय पुरुष र २८ वर्षीय महिला, वडा नं १४ का ३८ वर्षीय पुरुष, वडा १५ का ८ वर्षीय वालक सहित २८ र ३७ वर्षीय पुरुष, वडा १६ का ३७ वर्षीय पुरुष, वडा नं १७ का २४ वर्षीय पुरुष, वडा नं १८ का ३४ वर्षीय पुरुष, वडा नं २७ की ४१ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
त्यसै गरि गोरखा आरुघाटका वडा १ का २६ वर्षीय पुरुष, नवलपुर कावासोती वडा नं ३ की ३६ वर्षीया महिला र ३२ वर्षीय पुरुष, वडा नं ९ की १५ वर्षीया महिला र १२ वर्षीय वालक, वडा नं १४ की ४७ वर्षीया महिला, तनहुँको घिरिङ वडा नं ३ का २४ वर्षीय पुरुष, वडा ४ का १९ र २८ वर्षीय पुरुष, वागलुङ नगरपालिका नेपाली सेनामा कार्यरत ३३ र ३६–३६ वर्षीय पुरुष, नेपाल प्रहरीमा कार्यरत ४० वर्षीय पुरुष, वागलुङ वडा नं ११ का ३३ वर्षीय पुरुष, जैमिनी वडा नं ७ का ६१ वर्षीय पुरुष र ५२ वर्षीया महिला, लमजुङ राइनास वडा नं ७ का २२ वर्षीय एक पुरुषमा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ९ सय १० पुगेको छ ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *