नेपाल अखबार, पोखरा । पोखरा सराङकोट (सेदी) का स्थानीयले बस्ती सहित फेवाताल संरक्षण गर्न गण्डकी प्रदेश सांसद रामजी बराल (जीवन) समक्ष माग गरेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित सेदी (कोत्रे) खोला भन्दा माथिल्लो दलदल भागमा धाँजा फाटेर बस्ती नै उच्च जोखिममा परेको र फेवाताल समेत पुरिने भएकोले यसको संरक्षणका लागि सांसद बराल समक्ष आफूहरुले माग राखेको स्थानीय भुपालबहादुर थापा क्षेत्रीले बताउनुभयो ।
सेदी कोत्रे खोला सहितको सराङकोट क्षेत्रमा धाँजा फाटेको बारेमा बुधबार अवलोकन गर्न पुगेका सांसद बराल समक्ष स्थानीयले प्रदेश र संघीय सरकारसम्म आवश्यक पहल गर्न माग गरेका हुन् । सांसद बरालले उक्त क्षेत्रको बस्ती उच्च जोखिम भएकोले विज्ञको टोलीसहित तत्काल अध्ययन प्रतिवेदन तयार पारी बस्ती संरक्षणम तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
आफ्नो तर्फबाट उक्त स्थानको बस्ती र फेवाताल संरक्षणमा सबैको सहकार्य गरी पहल गर्ने उनले जनाए । उक्त क्षेत्रको बस्ती तथा फेवाताल संरक्षणमा तत्काल करिब २९ लाख दिगो रुपमा व्यवस्थापन गर्न २ करोड भन्दा बढीको बजेट आवश्यक भएको कटुजे सेदी (कोत्रे) खोला नियन्त्रण समितिका अध्यक्ष भुपालबहादुर थापाले बताउनुभयो ।
उहाँदे भन्नुभयो “यस वर्षको वर्षादले गर्दा सेदी कोत्रे खोला भन्दा माथिल्लो भागको करिब ५० रोपनी दलदल जमिनमा धाँजा फाटेको छ,त्यो कुनै पनि वेलामा तलखस्न सक्छ, जसले गर्दा एक सय ५० घर धुरी यसबाट प्रत्यक्ष पहिराको जोखिममा पर्न सक्छन ।” बस्ती सहित फेवाताल संरक्षणमा तत्काल काम हुन नसके यसबाट ठूलो जनधनको क्षेती हुने आफूहरुले पूर्व अनुमान गरिएको अध्यक्ष थापाले बताउनुभयो ।
मानव बस्ती भन्दा करिब ७ सय मिटर माथिल्लो भागमा जमिन भासिएसंगै स्थानीयहरु त्रसित छन् । उक्त खोला नियन्त्रण, जमिन भाषिएको ठाँउमा संरक्षण गर्न नसक्दा हाल पानी पर्दा आफूहरु त्रसित हुनु परेको सेदीका स्थानीय दीपेन्द्र पहारीले बताउनुभयो । उहाँले भन्नुभयो “केही स्थानीयले खोला हिड्ने बाटोमा जथाभावी ढुंगा–माटो राख्नाले पानीको वहावले केही ठाँउमा लगाइएको तारजाली समेत भत्काउने अवस्थामा पुर्याएको छ ।”
परापूर्वकाल देखि पानी हिड्ने खोलालाई राम्रो निकास दिन सक्दा खहरे खोला जथाभावी हिड्ने अवस्थाले मानव बस्तीमा बाढी पहिरोको उच्च जोखिममा परेको उनको दावी थियो । समयमै यसलाई व्याबस्थापन गर्न नसके दोश्रो सिन्धुुपालचोक जस्तै पहिरोको उच्च जोखिममा रहेको स्थानीय पहारीले जनाउनुभयो । पोखरा महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष रणबहादुर थापाले सेती बगर क्षेत्रको बस्ती सहित फेवाताल संरक्षणमा ठूलो रकमकोबजेट आवश्यक भएकोले तीनै तहका सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।
पर्यटन व्यवसायी दोर्जे लामाले उक्त क्षेत्रमा पहिरो जानसक्ने जोखिम भएकोले सवैसंगको सहकार्यमा आपपूहरुले पनि के गर्न सकिन्छ त्यसमा आफुहरु तयार रहेको जनाए । सडक निर्माणसंगै पानी व्यबस्थापन गर्न नसक्दा दुई बर्ष अघि देखि थोरै भाषिएको उक्त क्षेत्रमा यस वर्ष भने धेरै ठाउँमा भाषिएको स्थानीयले बताएका छन्। पोखरा महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष रणबहादुर थापाले सेती बगर क्षेत्रको बस्ती सहित फेवाताल संरक्षणमा ठूलो बजेट आवश्यक भएकोले तीनै तहका सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो । पोखराको सेतीबगरमा २०६४ सालमा बाढी र पहिरोले ६ जनाको ज्यान गएको थियो भने करिब १२ घर पहिरोले पुरिएका थिए ।

