Monday, July 6

१५ सय ५९ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप १हजार ५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरमा थप १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको छ,
उनले देशभरमा १० हजार ८७ संस्थागत आइसोलेसनमा रहेको जानकारी दिए।
उनले पछिल्लो २४ घण्टामा थप १२ हजार २०५ पीसीआर परीक्षण भएको जानकारी दिए।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५७ कोरोना संक्रमित निको भएसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ५६ हजार ४२८ पुगेको छ।
संक्रमति निको हुने प्रतिशत ७२.५ रहेको छ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *