Saturday, April 18

नागरिकताको सिफारिस गराइदिन २४ हजार घुस लिने कार्यालय सहयोगी पक्राउ

नेपाल अखबार,जनकपुर । नागरिकताको सिफारिस गराइदिने भन्दै २४ हजार रुपैयाँ घुस लिने जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का कार्यालय सहयोगी रंगेहात पक्राउ परेका छन्। पक्राउ पर्नेमा कार्यालय सहयोगी दिलिप पञ्जियार रहेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले बिहीबार मध्याह्न एक सेवाग्राहीसँग नागरिकताको सिफारिसबापत २४ हजार रुपैयाँ घुस लिँदालिँदै उनलाई पक्राउ गरेको हो।
कार्यालय सहयोगी पञ्जियारलाई कार्यालयबाटै घुसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोको क्षेत्रिय कार्यालय बर्दिबासले जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *