Wednesday, October 29

विदेश जाने विद्यार्थीको बीमा नीतिमा कडाई, राष्ट्र बैंकले जारी गर्यो परिपत्र, यस्ता छन् नयाँ ब्यवस्था !

विदेश जाने विद्यार्थीको बीमा नीतिमा कडाई, राष्ट्र बैंकले जारी गर्यो परिपत्र, यस्ता छन् नयाँ ब्यवस्था !

 
सुनाखरी न्युज/
काठमाडौं-
विदेश अध्ययनका लागि जाने विद्यार्थीले विदेशी बीमा कम्पनीसँग बीमा गर्दा नयाँ नीसियक लागु भएको छ । बीमाबाट जाने रकम धेरै भएको विभिन्न माध्यमले कमिशन बढी लिएका कारण कडाई गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले अध्ययनका लागि विदेश जाने विद्यार्थी र डिपेन्डेन्ट भिसामा जाने परिवारका सदस्यको बिमामा कडाइ गर्दै नयाँ नीति ल्याएको हो ।
सम्बन्धित शैक्षिक संस्था वा सरकारी निकायको कागजातका आधारमा बिमा शुल्कबापतको सटही सुविधा दिने यसअघिको व्यवस्थालाई केन्द्रीय बैंकले संशोधन गरेको हो।
 
यो व्वस्थाले सिधै विदेशी शैक्षिक संस्थामा बिमा शुल्क ट्रान्सफर गर्न पाईदैन । यहाँस्थित शैक्षिक संस्थाले नै बिमा गरिदिने यस अघिको अबस्था अब परिवर्तन भएको छ । विदेशका नेपाली एजेन्टमार्फत बिमा गर्दा सस्तो पनि पर्ने र कमिसनको पैसा नेपालमै बस्ने भएकाले यो नीति लागु गरिएको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको परिपत्रमा विदेशमा हुने बीमाका बारेमा सम्बन्धित बिमा कम्पनीको कागजात अनिवार्य गरेको छ । अब बीदेशी बीमा कम्पनीको नेपालस्थित एजेन्टमार्फत मात्रै बिमा गर्नुपर्नेछ। सोही अनुसार एजेन्टमार्फत सम्बन्धित बिमा कम्पनीको नाममा भुक्तानी हुने गरी सटही सुविधा प्रदान गर्न सकिने राष्ट्र बैैंकको परिपत्रमा जनाइएको छ ।

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *