सर्वदलीय बैठकमा प्रचण्ड : प्रधानमन्त्रीले तत्काल सर्वदलीय संवाद थाल्नुपर्छ
नेपालअखबार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा देखिएको तनाव समाधानका लागि प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबार बोलाएको सर्वदलीय बैठकमा बोल्दै प्रचण्डले संवेदनशील अवस्थामा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्नुपर्ने बताए ।
उनको सचिवालयका अनुसार प्रचण्डले बैठक आयोजना गरेकोमा रास्वपा सभापति लामिछानेलाई धन्यवादसमेत दिएका छन्।
‘विगतमा भूकम्प, बाढी-पहिरोजस्ता विपद्का बेला होस् वा संविधान निर्माणजस्तो जटिल प्रक्रियामा, हामीले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेका थियौँ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै सचिवालयले भनेको छ, ‘आज पनि त्यही राजनीतिक परिपक्व...









