Saturday, April 18

पोखराको सेती खोचमा खसेर युवाको मृत्यु

नेपाल अखबार, पाेखरा। पोखराको सेती नदी खोचमा खसेका युवाको उपचारका क्रममा मृत्यु भएको छ ।
पोखराको पृथ्वीचोक नजिकै वडा नं ९ र १० जोड्ने चाइनापुल मुनी सेती नदीमा शुक्रबार बिहान ९.२० बजे खसेका अन्दाजी २२ वर्षका युवालाई तत्कालै उपचारका लागि अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक युवाको नाम थर खुलेको छैन । घटनाको वारेमा प्रहरीले अनुसन्धान अगाडि वढाएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *