Saturday, April 18

पोखराका ७ सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। पोखराका ७ सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ३ जिल्लाका ९ पुरुष र २ महिला गरी ११ जनामा कोरोना देखिएको हो ।
संक्रमण पुष्टि हुनेमा कास्कीको पोखरा महानगरपालिका ४ का ४८ वर्षीय पुरुष, पोखरा ५ का २९ वर्षीय पुरुष र २९ वर्षीया महिला, पोखरा ६ का ५९ वर्षीय पुरुष , पोखरा ७ का ४९ वर्षीय पुरुष, पोखरा १४ की २९ वर्षीया महिला, पोखरा ३२ का ४७ वर्षीय पुरुष रहेका छन ।
त्यसै गरी लमजुङ सुन्दरबजारका २५ र ४९ वर्षीय पुरुष तथा स्याङ्जा वालिङ ५ का ३० वर्षीय र १४ का ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३ हजार ९ सय ८६ पुगेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *