Monday, April 20

संसाद बरालको पहलमा अवरुद्ध खानेपानी शुचारु

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशका सांसद रामजी बराल बसेकै टोलमा तीन दिनदेखि खानोपानी नआएपछि उहाँले खानेपानी आपूर्ति गर्न निर्देशन दिएपछि सोमबार साँझबाट खानेपानी शुचारु भएको छ ।
उहाँकै पहलमा पोखरा ८, सृजनाचोक स्थित शिवालयमार्गमा तीन दीन पछि खानेपानी उपलब्ध भएको हो । नाला विस्तारको क्रममा तीन दिनदेखि खानेपानीको पाइप समेत अस्त व्यस्त ढंगले फालेपछि खानेपानी समस्या भएको थियो ।
सांसद बरालको पहलमा सोमबार साँझ ५ः०० बजेदेखि पानी उपलब्ध भएको सृजनामार्ग टोल विकास संस्थाका अध्यक्ष गोविन्द गिरीले बताए । उनले भने “नाला विस्तारको क्रममा ठेकदारले जथभावी रुपमा खानेपानीको पाइप समेत फालेकोले केही दिन देखि पानीको समस्या भएको कुरा खानेपानी संस्थान, वडा कार्यालयमा समेत जानकारी गराउदा कुनै सुनुवाई नभएपछि सांसद बराल समक्ष हामीले पानी उपलब्ध गराउन माग गरेका हौं ।
” सांसद बरालले नेपाल खानेपानी संस्थान पोखरा कार्यालय, प्रदेश अन्र्तगतको पुर्वाधार विकास कार्यालय कास्की, सम्बन्धि ठेकदार कम्पनी युग विल्डरका प्रमुख एवं प्रतिनिधिहरुलाई खानेपानी समस्या बारे जानकारी गराउदै तत्काल पानी उपलब्ध गराउन माग गरेका थिए । पोखरा शिवालयमार्गमा खानेपानी समस्या हुँदा करिब ७० घर परिवार प्रभावित थिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *