Monday, April 20

पाेखरामा हाडनाता करणीको अभियोगमा युवक पक्राउ

नेपाल अखबार, पाेखरा। कास्की प्रहरीले हाडनाता करणी गरेको अभियोगमा सर्लाही घर भएका २१ वर्षीय एक युवकलाई पक्राउ गरेको छ ।
विसं २०७६ पुस २ गते राति पोखरामा आफ्नै भतिजी नाता पर्ने १४ वर्षीया बालिकालाई घरमा कोही नभएको अवस्थामा डर धम्की दिई करणी गरेको र बालिकाले गत भदौ २९ गते छोरा जन्म दिएपछि परिवारले दिएको जाहेरीका आधारमा पीडकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
कास्की प्रहरीले जिल्ला प्रहरी कार्यालय सर्लाहीको समन्वयमा युवकलाई आइतबार पक्राउ गरी पोखरा ल्याएर उनी विरुद्ध हाडनाता करणी कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
“प्रहरीलाई बच्चा जन्मेपछि मात्र जाहेरी आयो, त्यसपछि पीडक सर्लाहीमा छन् भन्ने भएपछि त्यहाँको प्रहरीसँगको समन्वयमा पक्राउ गरी ल्याएका हौँ, थप अनुसन्धान भइरहेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *