Saturday, July 25

कोरोना महामारीबारे डब्लूएचओले दियो यस्तो चेतावनी

नेपाल अखबार, एजेन्सि। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना महामारी विश्वभर बढ्दो क्रममा रहेकाले सबैले सतर्क रहनुपर्ने चेतावनी दिएको छ।
डब्लूएचओका आपतकालीन प्रमुख डा. माइकल रायनले ठूलो संख्यामा मानिस कोरोना संक्रमणको खतरामा पर्ने देखिएको बताएका हुन्।
उनले संसार अझै केही समय निकै गाह्रो अवस्थाबाट गुज्रिने चेतावनी दिएका छन्।
सोमबार उनले दिएको जानकारीअनुसार विश्वको कूल जनसंख्याको १० प्रतिशत मानिस कोरोनाबाट संक्रमित भइसकेका छन्। विश्वमा १० जना बराबर १ जना संक्रमित हुने सम्भावना देखिएको उनको भनाइ छ।
सतर्कताबाट मात्र धेरैको ज्यान बचाउन सकिने डा. रायनको सुझाव छ।
हाल विश्वको जनसंख्या ७ अर्ब ६० करोडभन्दा माथि भएको अनुमान छ। डब्लूएचओका अनुसार त्यसमध्ये अहिले ३.५० करोड मानिस कोरोनाबाट संक्रमित भइसकेका छन्।
पछिल्ला दिन दक्षिणपूर्वी एसियामा पनि संक्रमण बढिरहेको डब्लूएचओले जनाएको छ। तर युरोप र पूर्वी भूमध्यसागरीय क्षेत्रआसपास यसबाट मृत्यु हुनेको संख्यो धेरै देखिएको छ।

Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *