Monday, April 20

आफैँले पालेको हात्तीको आक्रमणबाट माहुतेको मृत्यु

नेपाल अखबार, नवलपरासी। हात्तीको आक्रमणबाट नवलपरासीमा एक माउतेको मृत्यु भएको छ।
नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को कावासोती नगरपालिका-१२ मा रहेको आइल्यान्ड जङ्गल रिसोर्टमा हात्तीले आक्रमण गर्दा कावासोती १० का ५६ वर्षीय माउते लोकबहादुर खजुवारको मृत्यु भएको हो।
रिसोर्टमा पालिएको निजी हात्तीलाई पानी खुवाउन लैजाने क्रममा सोमबार लोकबहादुरलाई हात्तीले आक्रमण गरेको थियो।
हात्तीको आक्रमणबाट घाइते भएका उनको चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरी प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिए।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *