Monday, April 20

बागलुङमा चलचित्र बुकी निर्माणको तयारी

नेपाल अखबार, बागलुङ । बागलुङ जिल्लाको चलचित्र बुकीको निर्माण अभियानलाइ तीव्र पारिएको छ ।
यहाँको पर्यटकीय गन्तब्य, धार्मिक स्थल ,सांस्कृतिक पक्ष लगाएतका गतिविधिलाई समेटर पहिलो पटक ठुलो पर्दाको चलचित्र निर्माण गर्न लागिएको छ । हिमालयन इभेन्ट म्यानेजमेन्ट प्रा.लि को ब्यबस्थापनमा चलचित्र निर्माण गर्न लागिएको हो । ‘बागलुङ जिल्लालाई विश्वभर चिनाउने गरी हामीले ऐतिहासिक चलचित्र बुकी निर्माणको अभियान थालेका छौ,’ निर्माण संयोजक राजन केसी मोहनले भन्नभयो, जिल्लालाई पर्यटकीय गन्तब्य बनाउन हामी सफल हुने छौ ।
पर्यटकीय, धार्मिक तथा सास्कृतिक सम्पदा चलचित्रमा समावेस गरि चलचित्र तयार हुने संयोजक केसीले बताए ।‘अहिले चलचित्रको कथाबस्तुको काम सकिएको छ, हामीले सामजिक अभियान मार्फत यो काम गर्न लागेकोले अहिले आर्थिक अभियानको काम चालेको छ,’ उहाँले भन्नुभयो ।
जिल्लाका स्थानीय तह, संघ संस्था, प्रवासी तथा स्थानीय नागरिकसंगको समन्वयमा आर्थिक संकलन गरेर चलचित्र निर्माण हुने अभियानका सचिव थम्मन थापा सन्देशले जानकारी दिनुभयो । गण्डकी प्रदेशको राजधानी तथा प्रमुख पर्यटकीय गन्यव्य पोखरामा आउने पर्यटकलाई भित्राउन समेत चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने थापाको दावी छ ।
चलचित्र व्यावसायिक नभइ सामाजिक अभियान मार्फत गर्न लागेको आर्थिक संयोजक प्रकाश आलेको भनाइ छ । दुई वर्षदेखि अभियान सुरु गरेको र कथाबस्तुको काम सकेर आर्थिक अभियानमा लागेको उनले बताए । ‘कोरोना महामरीले पनि हाम्रो अभियान प्रभावित बन्यो, तर उत्साहजनक रुपमा हामीलाई बागलुङबासीको साथ सहयोग मिलेको छ ।’ उहाँले भन्नुभयो स्वदेश तथा विदेशमा रहेका बागलुङवासीले साथ र हौसला समेत दिएको आर्थिक संयोजक आलेले बताउनुभयो ।
चलचित्र निर्माणको लागि आर्थिक संकलन गर्न जिल्लाका सवै स्थानीय तहमा सांगीतिक कार्यक्रम समेत गरिने र कोरोरा महामारीका कारण गत चैतदेखि सांगीतिक कार्यक्रम गर्ने भनेपनि गर्न नसकेको आलेको भनाइ छ । सामाजिक अभियान मार्फत निर्माण हुने चलचित्र बुकीको नामाकरण ढोरपाटन सिकार आरक्षमा रहेको बुकी फूलको नाम बाट गरिएको निर्माण समितिले जनाएको छ । चलचित्र नेपाली र अङ्ग्रेजी भाषामा तयार हुने निर्माण समितिले बताएको छ ।
चलचित्र निर्माणको लागि १ करोड ४० लाख खर्च अनुमान गरिएको छ । निर्माण भएपछि हुने आम्दानी पनि पर्यटकीय गन्तव्यको भौतिक पूर्वाधार र प्रचार प्रसारमा खर्च गरिने निर्माण समितिले जानकारी दिएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *