‘जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
नेपालअखबार,पोखरा । भदौ २६ गतेदेखि अल नेपाल प्रदर्शनमा आउन लागेको चलचित्र ‘पेन्सन पट्टा’को प्रचारप्रसारले गति लिएको छ । चलचित्रको ‘जुनी जाला’ बोलको गीतले युट्युबमा १२ लाखभन्दा बढी पटक हेरिएको खुशीयालीसँगै निर्माण टिमले दर्शकमाझ चलचित्रबारे थप जानकारी गराउन थालेको हो।
पोखराबाट सञ्चालित रोधिं टिभीको चौथो वार्षिक उत्सवका अवसरमा आइतबार आयोजित विशेष सांस्कृतिक कार्यक्रममा ‘पेन्सन पट्टा’को निर्माण टिम तथा कलाकारहरूको उल्लेख्य उपस्थिति रहयो । कार्यक्रममा चलचित्रको प्रदर्शन मिति, कथावस्तु, कलाकार तथा गीतसंगीतका विषयमा जानकारी गराइएको छ । चलचित्रको टिमले ‘जुनी जाला’ गीतले छोटो समयमै पाएको लोकप्रियताले आफूहरूलाई उत्साहित बनाएको उल्लेख गर्यो ।
कार्यक्रममा चलचित्रका निर्देशक माओत्से गुरुङ, निर्माता सपना गुरुङ, कलाकार डिबी गुरुङ, गायक सरुन गुरुङ, राजबहादुर गुरुङ, गायिका उषा गुरुङ, कोरियोग्राफर कमल...










