Tuesday, December 9

प्रदेश सरकारले गण्डकी विश्वविद्यालयका लागि ९८ दरवन्दी स्वीकृत गर्ने

नेपालअखबार, पाेखरा। गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयका लागि ९८ दरवन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
गण्डकी प्रदेश सरकारको सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले विश्वविद्यालयको लागि आवश्यक कर्मचारीको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो।
गण्डकी विश्वविद्यालय ऐन २०७६ को दफा ४१ को उपदफा १ वमोजिम ति दरवन्दी खुला गर्न स्विकृती दिइएको प्रवक्ता वस्नेतले बताउनुभयो । मन्त्रिपरिषद बैठकले गण्डकी विश्वविद्याल अन्तर्गत शिक्षक तथा कर्मचारी नियमावली, संगठन र शैक्षिक प्रशासन नियमावली र आर्थिक प्रशासन नियमावली बनाउन स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ ।
बैठकले गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगतको संक्रामक तथा सरुवा रोग अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति गठन आदेश स्विकृत दिएको छ । जसमा सात सदस्यिय समिती गठन हुने र अध्यक्ष प्रदेश सरकारले तोक्ने प्रावधान गरिएको छ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले चालु अधिवेशन अन्त्य गर्ने निर्णय समेत गरेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *