Thursday, April 23

नेपालअखबार, काठमाडाैं । त्रिभुवन विश्वविद्यालय इञ्जीनियरिङ अध्ययन संस्थानअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ३ रिचोकटारका मनिष प्रजा अल्पसंख्यक चेपाङ समुदायकै पहिलो सिभिल इञ्जिनियर बनेका छन्।

सो संस्थानको गत जेठ ३० गते प्रकाशित नतिजाअनुसार बल्खुस्थित एड्भान्स इञ्जिनियरिङ कलेजबाट उनले सिभिल इञ्जिनियर उत्तीर्ण गरेका छन्।

Advertisement

संस्थानाले एक महिनापछि ‘मार्कसिट’ दिनेछ।

मनिष सानैदेखि पढाइमा अब्बल थिए। उनले प्रवेशिका परीक्षामा ८७ प्रतिशत अङ्क ल्याएका थिए।

त्यसपछि विज्ञान विषय लिई अध्ययन गरेका मनिषले कक्षा १२ को परीक्षामा ८४ प्रतिशत अङ्कप्राप्त गरेका थिए।

नेपाल चेपाङ सङ्घ शिक्षा विभागको संयोजनमा चेपाङ समुदायका ५० बालबालिकालाई संस्थागत विद्यालयहरूको सङ्गठन प्याब्सन र एनप्याब्सनमार्फत सञ्चालित विद्यालयहरूमा निःशुल्क अध्ययन गर्ने व्यवस्था मिलाइएको छ।

सरकारको सिफारिसमा छात्रवृत्तिसहित अध्ययन गरेका उनी नोबल एकेडेमीमा ८४ प्रतिशत ल्याएर उत्तीर्ण भएका थिए।

भविष्यमा सफल सिभिल इञ्जीनियर बनेर स्वदेशकै ग्रामीण सडक, पुल, जलविद्युत्, सुरुङ निर्माण क्षेत्रमा सेवा गर्न उनी चाहन्छन्।

उनले लोकसेवा आयोग प्रतिस्पर्धा गरेर सरकारको पहिलो मुख्यसचिव बन्ने लक्ष्य लिएको बताए। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *