Thursday, April 23

नेपालअखबार, काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा राष्ट्रघात नभएको बताएका छन्।

बाहिरी मानिसले अनधिकृत रूपमा राजश्वका दर हेरफेर गरेको खबरहरू आएका थिए।

Advertisement

यसबारे प्रमुख प्रतिपक्षी नेकपा एमालेले छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गरिरहेका छन्।

साथै एमाले सांसदहरूले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताइरहेका छन्

आज प्रतिनिधि सभा बैठकमा बजेटमाथि उठेका प्रश्नबारे जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले बजेटमा राष्ट्रघात र गद्दारी नभएको बताए।

‘अहिलेको बजेटमा न राष्ट्रघात गरेको छ न गद्दारी गरेको छ,’ उनले भने, ‘एउटा प्रक्रियामा गएर बजेट निर्माण गरेको हो। करको दरलाई लिएर जुन मुद्दा बनाइएको छ यो राजनीतिक कुरा होइन अराजनीतिक कुरा हो।’

उनले बजेटका गोपनियतालाई भंग नगरिएको पनि बताए।

‘कुनै गोपनीयता भंग गरिएको छैन। अब त्यहाँ अर्थमन्त्रीले बसेर हेर्ने कुरा पनि होइन। सम्बन्धित तहका कर्मचारीले बजेट बनाउने हो,’ उनले भने, ‘म जवाफदेही छु। जिम्मेवार छु। बजेटमा राष्ट्रघात होइन, स्थिरतातिर लैजाने कुरा भएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *