Wednesday, July 15

काठमाडौंमा एक अर्ब बढीको लागूऔषध हेरोइनसहित ६ विदेशी पक्राउ

नेपालअखबार, काठमाडौं । विश्वकै महँगो लागूऔषध मध्येको मानिने लागूऔषध खैरो हेरोइन काठमाडौंबाट ठूलो परिमाणमा बरामद भएको छ ।

Advertisement

लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) काठमाडौंले चलाएको ‘अपरेशन ह्वाइट डस्क’मार्फत ५१ किलो हेरोइनसहित ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको हो ।

Advertisement
Advertisement

उनीहरुबाट बरामद खैरो हिरोइनको अवैध बजार मूल्य एक अर्ब २ करोड रहेको ब्यूरोका एसपी जीवन श्रेष्ठले बताए ।

Advertisement

उनका अनुसार दक्षिण अफ्रिकाबाट आएका केही महिलाले पटकपटक लागूऔषध हेरोइनसहित पक्राउ गरेको विगतको अुनभवका कारण क्रिमिनल प्रोफाइलिङ गरेर निरन्तर निगरानी गर्दा उनीहरु पक्राउ गरेका हुन् ।पक्राउ परेकाहरुमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।