Monday, September 7

अपराध

बारामा १५१ किलो गाँजा बरामद
अपराध, प्रशासन, समाचार, समाज

बारामा १५१ किलो गाँजा बरामद

नेपालअखबार,रौतहट  । बाराको पचरौता नगरपालिकाबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। प्रहरीले १५१ किलो गाँजा बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मीनबहादुर घलेका अनुसार शनिबार राति करिब १०ः३० बजे पचरौता नगरपालिका–७ स्थित बेनौली चोकबाट करिब ३०० मिटर पूर्व धानखेतमा प्रहरी टोलीले एम्बुस थापेर निगरानी गरिरहेको थियो। प्रहरी चौकी श्रीनगर बैरियाबाट असई राजेश सिंहको नेतृत्वमा र सशस्त्र प्रहरी बल, नेपाल बीओपी बेनौलीबाट सई श्यामबहादुर खत्रीको नेतृत्वमा खटिएको संयुक्त टोलीले धानखेतको आलीको बाटो हुँदै ८–९ जना अपरिचित व्यक्तिहरू पिठ्युँमा झोलाजस्तो बनाएर केही बोकेर आउँदै गरेको देखेको थियो। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन लखेटेपछि ती व्यक्तिहरूले पिठ्युँमा बोकेर ल्याएको गाँजाका पोका धानखेतमै फालेर फरार भएका थिए। प्रहरीले बरामद गरेका गाँजाका पोका तौल ...
११४ किलो गाँजासहित कार चालक पक्राउ
अपराध, समाचार, समाज

११४ किलो गाँजासहित कार चालक पक्राउ

नेपालअखबार, पर्सा । पकहाँ मैनपुर गाउँपालिकाबाट ११४ किलो २५ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरिएको छ । शुक्रबार राति ८:४५ बजेको समयमा प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त टोलीले पकहाँ मैनपुर गाउँपालिका –०१ धोरेस्थित तिलाईपुल–भिष्वा सडकखण्डमा तिलाईपुलबाट धोरेतर्फ आउँदै गरेको बा १८ च ३६५७ नम्बरको सेतो रङको निशान कारलाई चेकजाँच गरिएको थियो । चेकजाँचको क्रममा कारको पछाडिको डिकीमा प्लाष्टिकको डोरीले बाँधेर राखिएका १२ वटा पोका फेला पारेको र ती पोकाभित्र प्लाष्टिकसहित ११४ किलो २५ ग्राम लागु औषध गाँजा बरामद गरिएको हो । कार र उक्त बरामद लागुऔषध सहित धादिङको बेनिघाट रोराङ गाउँपालिका –०८ बस्ने २१ वर्षीय साजन चेपाङलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ ।...
अस्पतालको भ्यानबाट ६० किलो गाँजा बरामद, चालक फरार
अपराध, समाचार, समाज

अस्पतालको भ्यानबाट ६० किलो गाँजा बरामद, चालक फरार

नेपालअखबार, विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले अस्पतालको भ्यानमा राखिएको अवस्थामा गाँजा बरामद गरेको छ । विराटनगर महानगरपालिका-१६ दरैयास्थित कोलर चोकमा सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाबाट खटिएको टोलीले मंगलबार राति ६० केजी गाँजा बरामद गरेको हो । राति ११:०० बजेको समयमा ‘दिव्य ज्योती अस्पताल प्रा. लि.’ लेखिएको को१च ६६२० नम्बरको सुजुकी भ्यानलाई सुरक्षाकर्मीले रोक्न खोजेका थिए । सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्न खोज्दा भ्यानका चालक गाडी छोडेर फरार भएका थिए । चालक फरार भएपछि सुरक्षाकर्मीले भ्यान खानतलासी गर्दा दुईवटा बोरामा प्याक गरिएको अवस्थामा करिब ६० किलो गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।बरामद गरिएको भ्यान र गाँजा नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।...
१३ किलो ९०५ ग्राम चरेस सहित २ जना पक्राउ
अपराध, समाचार, समाज

१३ किलो ९०५ ग्राम चरेस सहित २ जना पक्राउ

नेपालअखबार, कञ्चनपुर । कृष्णपुर नगरपालिका –०५ गजरौलाबाट १३ किलो ९०५ ग्राम चरेस सहित २ जनालाई पक्राउ गरिएको छ । शुक्रबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४८११ नम्बरको बोलेरो पिकअप जिप रोकी चेकजाँच गर्ने क्रममा जिपको अगाडिको बोनटमा सेतो कट्टाभित्र कालो प्लास्टिकमा प्याक गरी लुकाइछिपाई राखेको अवस्थामा उक्त लागुऔषध चरेस फेला परेको हो ।उक्त लागुऔषध सहित जिप चालक जिल्ला बझाङ, बुंगल नगरपालिका –०१ बस्ने २२ वर्षीय कलक धामी र जिपमा सवार बझाङ, केदारस्युँ गाउँपालिका –०७ बस्ने ५० वर्षीय करन धामीलाई पक्राउ गरिएको छ भने उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।...
सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने पक्राउ
अपराध, समाचार, समाज

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने पक्राउ

नेपालअखबार, काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–७ का १९ वर्षीय सुदीप कटुवाल छन् । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो ।उनले नाबालिकलाई फेसबुकमा साथी बनाएर अश्लिल सामाग्री पोस्ट गरी चरित्र हत्या गरेको आरोप छ । कटुवालविरुद्ध साइबर कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।...
पेस्तोलसहित ३ युवा पक्राउ
अपराध, प्रशासन, समाचार

पेस्तोलसहित ३ युवा पक्राउ

नेपालअखबार,कपिलवस्तु । कपिलवस्तुमा पेस्तोलसहित तीन युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको कृष्णनगर नगरपालिका –५ डबराका  २३ वर्षीय आशिष पाण्डे, कृष्णनगर –८ दयानगरका २१ वर्षीय जितेन्द्र मौरिया र १९ वर्षीय विनोद कश्यप रहेको जिल्लाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक दीपक कँवरले बताए। विजयनगर गाउँपालिका – ४ जगदिशपुरबाट आइतबार बिहान २ बजेतिर उनीहरु पक्राउ परेको कँवरले बताए। उनीहरुले पेस्तोल देखाएर कृष्णनगर –८ बहादुरगन्जका स्थानीयलाई त्रास फैलाएको तथा डर धम्की दिएको भन्ने सूचनाका आधारमा प्रहरी परिचालन भएको थियो। इलाका प्रहरी कार्यालय गणेशपुर र प्रहरी चौकी पत्थरदेहिया बाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँचका क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक कँवरले बताए। उनीहरु सवार मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ। प्रहरीका अनुसार पक्राउ परेका तीनै जनालाई सोमबार म्याद ...
मुग्लिन बजारबाट २० किलो चरेससहित २ जना पक्राउ
अपराध, समाचार

मुग्लिन बजारबाट २० किलो चरेससहित २ जना पक्राउ

नेपालअखबार,चितवन । चितवनको मुग्लिन बजारबाट २० किलो चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–११ बस्ने ४१ वर्षीय मोहन गोले र ३९ वर्षीय भीमबहादुर स्याङ्तान रहेका छन् । बाटोमा हिँडिरहेको अवस्थामा गएराति एक बजे उनीहरुको साथबाट प्रहरीले ४० वटा पोकामा रहेको २० किलो चरेस बरामद गरेको चितवन प्रहरीले जनएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मुग्लिनमा राखिएको छ । मोरङबाट गाँजासहित २ जना पक्राउ यसैगरी मोरङको धनपालथान गाउँपालिका–२ बाट गएराति ९६ किलो १९८ ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनपालथान गाउँपालिका १ नोचा बस्ने २७ वर्षीय सुमन कुमार शाह र अमर शाह रहेका छन् । नेपालबाट भारततर्फ गाँजा ओसारपसार गर्दै गरेको सूचनाका आधारमा धनपालथान गाउँपालिका–२ भवानीपुरस्थित रामचन्द्र चौधरीको बारीमा लुकाई राखेको ती...
सिराहामा पेस्तोलसहित ३ युवा पक्राउ
अपराध, प्रशासन, समाचार

सिराहामा पेस्तोलसहित ३ युवा पक्राउ

नेपालअखबार, जनकपुरधाम । सिराहाको लहान नगरपालिका २२ सलोखरीबाट नाईन एमएम पेस्तोल र म्यागेजिन सहित ३ युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार नियमित चेकजांचको क्रममा प्रहरी चौकी सितापुरबाट खटिएको टोलीले उनीहरूलाई पेस्तोल सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी एवं प्रवक्ता रमेशबहादुर पालका अनुसार चेकजाँचको क्रममा सोही स्थान बस्ने २० वर्षीय सबरजित दासले लगाएको पाईन्टको दाहिने गोजीबाट उक्त पेस्तोल फेला परेको हो ।घटनास्थलमा दाससंगै रहेका २० वर्षीय गुरुदेव दास र १९ वर्षीय संजय दास पनि पक्राउ परेका छन् । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय लहान सिराहामा ल्याई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।...
मोरङमा १ हजार ३३ किलो गाँजा बरामद
अपराध, प्रशासन, समाचार, समाज

मोरङमा १ हजार ३३ किलो गाँजा बरामद

नेपालअखबार, विराटनगर । मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट शुक्रबार दिउँसो १ हजार ३३ किलो गाँजा बरामद भएको छ । उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनी ट्रकबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गाँजा नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय सिजुवा र सशस्त्र प्रहरी बल चुनीबारीको टोलीले दिउँसो साढे २ बजेतिर उक्त परिमाणको गाँजा बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले चालक धनकुटाको पाख्रीबास नगरपालिका–९ का अन्दाजी २८ वर्षीय उमेश तामाङलाई पक्राउ गरेको छ ।...
३५ किलो चरेससहित एक युवा पक्राउ
अपराध, समाचार, समाज

३५ किलो चरेससहित एक युवा पक्राउ

नेपालअखबार, दाङ । दाङबाट ३५ किलो चरेससहित बुधबार एक युवा पक्राउ परेका छन्। रुकुम पूर्वको भूमे गाउँपालिका–२ का २६ वर्षीय हिक्मत पुन ३५ किलो ५५० ग्राम लागुऔषध चरेससहित दाङको गढवाबाट पक्राउ परेका हुन्। दाङका प्रहरी प्रवक्ता डिएसपी डा. हेमबहादुर केसीका अनुसार पुन पूर्व–पश्चिम राजमार्गअन्तर्गत गढवा गाउँपालिका–१ जुरौनी बाट बुधबार बिहान १० बजेतिर पक्राउ परेका थिए। अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवलबाट नेपालगञ्जतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०८३७ नम्बरको माइक्रो चेकजाँचका क्रममा पुनलाई पक्राउ गरेको थियो। गाडीमा रहेका दुईवटा झोला र एउटा सुटकेस जाँच गर्ने क्रममा प्लास्टिकले प्याक गरिएको ३५ प्याकेटमा रहेको ३५ किलो ५५० ग्राम चरेस बरामद भएको डिएसपी केसीले जानकारी दिए। पुन माथि अदालतबाट म्याद थप भइ आवश्यक अनुसन्धान भइरहेको ...