Monday, July 27

वामदेव गौतमले भने : एसपीपी ओलीले अघि बढाएका हुन्

नेपालअखबार, काठमाडाै । राष्ट्रियसभा सांसद वामदेव गौतमले अमेरिकी राज्य साझेदार स्टेट पाटर्नसिप प्रोग्राम (एमसपीपी) तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माओली नै अगाडि बढाएको ठोकुवा गरेका छन् । शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले अहिले तत्कालीन काँग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री भएका बेलामा एसपीपी सुरु भएको प्रसंग आएकाले आफुले त्यसबारे अध्ययन गर्दा ओली प्रधानमन्त्री भएको समयमा नै अघि बढेको पाएको बताएका हुन् ।

Advertisement

‘अहिले जब एमालेका अध्यक्ष केपी ओलीले यो एसपीपी सम्झौता सुरु गर्नुभयो भन्ने विषय उठेपछि सुशील कोइरालाले हो भनियो’, गौतमले भने, ‘त्यसो भनेपछि म पनि त्यसमा संलग्न हुन्छु । म फेरि प्रधानमन्त्रीले गरेको हो, म छैन भनेर म भन्दिनँ ।’

Advertisement
Advertisement

गौतमले सरकारमा सामेल भएपछि प्रधानमन्त्रीले गरेको काम र विचारसँग सहमत हुनुपर्दछ भन्दै त्यसो भएर नै आफूमाथि पनि आरोप लाग्न सक्छ भनेर त्यसबारे खोजी नीति गरेको बताए । ‘म माथि पनि आरोप लाग्नसक्छ भनेर मैले खोजी नीति गर्दा अस्ति मात्रै एउटा पत्र आएको छ र त्यो पत्रले स्पस्ट पारिदिएको छ कि यसको सुरुवात जसले गरेको भएपनि यसलाई अगाडि बढाउने काममा नेकपा एमालेका अध्यक्ष त्यसबेला प्रधानमन्त्री भएको अध्यक्षज्यू सहभागी हुनुहुन्छ, सदनलाई साँचो कुरा बताउनुपर्दछ’, गौतमको भनाइ छ ।

Advertisement

उनले सुशील कोइरालाका सम्बन्धमा केही भन्न चाहेको पनि बताए । भने, ‘म सुशील कोइराला नेतृत्वको सरकारका पालामा ‘फ्रम दि विगिनिङ…टु दि इन्ड’ सुशील कोइरालासँग सँगै छु’, सदस्य गौतमले भने, ‘सन्त नेता कृष्णप्रसाद भट्टराई भनिन्थ्यो, मेरो नजरमा सुशील कोइराला हो ।’

गौतमले कोइराला नेतृत्वको सरकारमा आफु पनि सहभागी भएको भन्दै कोइरालासँग आफुले कहिल्यै पनि मत नबझाएको बताए । ‘मैले उहाँसँग कहिल्यै मत बझाइन र उहाँले मसँग सल्लाह नगरी केही पनि राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका निर्णय गर्नुभएन, जानकारी दिनुभएन’, गौतमको भनाइ छ ।नेता गौतमले एसपीपीबारे प्रश्न उठिसकेपछि हालका प्रधानमन्त्री शेरबहादुर देउवाले संसदलाई जवाफ दिनुपर्ने बताए । ‘उहाँले संसदमा फेस गर्नुपर्थ्यो, संसदलाई भन्नुपर्थ्यो । मेरो अनुरोध छ, नेपाली काँग्रेसका नेताहरु, माननीय सदस्य जो यहाँ हुनुहुन्छ । सम्माननीय प्रधानमन्त्रीले भिन्न सन्दर्भ भएपनि यसबारे संसदमा बताउन सक्नुपर्छ ।’उनले प्रधानमन्त्री देउवाले यति महत्वपूर्ण विषयलाई गुमराहमा राखेर सम्झौता गर्न लागेको रहेछ भन्दै अलग हुनुपर्दा उहाँ दुखित भएको हुनसक्ने बताए ।