Friday, April 24

लमजुङको उदिपुरमा पहिरोले सडक बगायो, बैकल्पिक बाटो खोज्ने तयारी

नेपालअखबार, लमजुङ। लगातारको वर्षाका कारण डुम्रे–बेँसीशहर सडकखण्ड अन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएको छ ।

लगातारको वर्षाका कारण शनिबार रातीदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो । बेँसीशहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । गत वर्ष पनि उक्त ठाउँमा पहिरो गएको थियो ।

Advertisement

लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर  कार्कीका अनुसार  बेँसीशहरबाट गएका सवारीसाधन बेँसीशहरतर्फ र डुम्रेबाट आएका डुम्रेतर्फ नै रोकिएका छन्।

नयाँ ट्रयाक खोलेर वैकल्पिक बाटो खोजी गरी आइतबार साँझसम्म अवरुद्ध सडक खुलाइने डुम्रे–बेँसीसहर–चामे सडक योजनाका प्रमुख डिभिजन इन्जिनियर अच्युत बिलास पन्तले  बताए । उनले भने, ‘सडकको १ सय मिटर माथिबाट पहिरो खसेको छ तत्काल सडक खुलाउन सकिँदैन यसका लागि बैकल्पिक बाटो खोज्नुपर्छ । ‘