Wednesday, August 5

नारायणगढ-मुग्लिन सडक खण्डको खहरे खोलामा खसेर सहचालक बेपत्ता

नेपालअखबार, चितवन । चितवनस्थित नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत पर्ने खहरे खोलामा खसेर एक सहचालक बेपत्ता भएका छन्।

Advertisement

उनी आज बिहान चिप्लिएर खोलामा पुगेका थिए।

Advertisement
Advertisement

इच्छाकामना गाउँपालिका वडा नम्बर ५ खहरे खोलामा चिप्लेर कैलालीको गोदावरीका ३५ वर्षीय तेजबहादुर बोहोरा बेपत्ता रहेको प्रहरीले जनाएको छ।

Advertisement

उनी काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ७४६३ नम्बरको बसका सहचालक हुन्।

उनी बसबाट झरेर चाउचाउ किन्न पसलतर्फ गएका थिए। खोलामा खसेका उनको एउटा चप्पल फेला परेको छ।

उनको खोजीका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको टोली परिचालन गरिएको चितवन प्रहरीले जनाएको छ।