Saturday, July 25

इन्जिनमा आगो लागेपछि पटनामा आकस्मिक अवतरण गरियो स्पाइसजेटको जहाज

नेपाल अखबार, एजेन्सि। भारतमा आइतबार एउटा जहाजको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ।

Advertisement

आइतबार दिउँसो बिहारको पटनाबाट राजधानी दिल्लीका लागि उडेको स्पाइसजेटको जहाजमा टेकअफका बेला चरा ठोक्किएको थियो।  उडेको केहीबेरमै जहाजको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको हो।  उडिरहेको जहाजको एकातिर धुँवाको मुस्लो आएको स्थानीयले देखेका थिए। उनीहरूले त्यसको भिडिओ पनि बनाएका थिए।

Advertisement
Advertisement

स्पाइसजेटको बोइङ ७३७ जहाजमा १८५ यात्रु थिए। चालक दलका सदस्य र सबै यात्रु सकुशल रहेको टाइम्स अफ इन्डियाले जनाएको छ। आगो लागेको इन्जिन बन्द गरेर पाइलटले जहाजलाई आकस्मिक अवतरण गराएका थिए।  आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।

Advertisement