Saturday, July 25

सैन्य गठबन्धनसँग जोडिएको कुनै सम्झौतामा हस्ताक्षर हुँदैन – अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौं  । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले सैन्य गठबन्धनसँग जोडिएको कुनै सम्झौतामा नेपालले हस्ताक्षर नगर्ने बताउनु भएको छ ।

Advertisement

आइतबार समाजवादी प्रेस संगठनले आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एसपिपी फिर्ता लिनुपर्छ भन्ने कुरा उठेपनि त्यसबारे सहमति भने बनि नसकेका बताउनु भएको छ ।

Advertisement
Advertisement

सेनाको पत्रले प्रश्न उठाएको छ । विगतको समीक्षा गर्नुपर्छ । सैन्य गठबन्धनसँग जोडिएको कुनै सम्झौतामा हस्ताक्षर हुँदैन नेपालले भन्नुभयो ।

Advertisement

289285016_716371596321942_7112766521523499199_n1655650118.jpg

अध्यक्ष नेपालले अर्को प्रसंगमा समयमै चुनावी तालमेलको मोडालिटी र सिट बाँडफाँड गर्नुपर्ने भन्दै  चुनावको मिति घोषणा नभएपनि सत्ता गठबन्धनभित्र आगामी कात्तिक मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको  विषयलाई लिएर चुनावी तालमेलको मोडालिटी र सिट बाँडफाँट गर्नुपर्ने आवाज उठेको बताउनु भएको हो  ।

गत स्थानीय निर्वाचनको पाठ सिकेर गठबन्धनले सिट बाँडफाँड चुनावी तालमेलको मोडालिटीमा सत्ता गठवन्धमा छलफल उठेको भन्दै नेपालले गठबन्धनका शीर्ष नेताबीचको छलफलमा कुराकानीको सुरुवात भएको बताउनु भयो  ।
‘विगतको चुनावमा भएका त्रुटीहरूलाई लिएर अब नकारात्मक धारणा राख्न आवश्यक छैन ।’ नेपालले बताउनु भयो ।
विगतमा महानगर र उपमहानगर बाहेकमा गठबन्धन गर्न प्रदेश र जिल्लालाई छोड्नु नै घातक भएको आफ्नो पार्टीको विश्लेषण रहेको पनि बताउनु भयो ।

राष्ट्रिय मुद्दामा संवेदनशील रहेको बताउँदै अनुचित सम्झौता नहोस् भनेर सरकारलाई आफूहरूले बताइरहेको भन्दै सत्ता गठबन्धनका शीर्ष नेतासँग प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हितमा आघात हुने सम्झौतामा हस्ताक्षर नगर्ने प्रतिवद्धता जनाएको पनि नेता नेपालले बताउनु भयो ।

फरक प्रशंगमा देशमा राजा ल्याउने षड्यन्त्र किमार्थ स्वीकार्य नभएको भन्दै ‘अहिले प्रतिगमनको कुरा उठेको छ । प्रतिगमन भनेको राजा ल्याउने हो । राजालाई ल्याउने षड्यन्त्र भइरहेको छ त्यो किमार्थ स्वीकार्य छैन । हामीले समस्या समाधानमा लाग्नुपर्छ ।’

पाँच दलीय गठबन्धन देशभक्ति र लोकतन्त्रको सवालमा बनेको दाबी गर्दै नेपालले  एमालेले गरेको अर्को गठबन्धनलाई दक्षिणपन्थीहरूको शक्ति भएको टिप्पणी गर्नुभयो ।

‘देश ठिकठाक छैन । देश डुब्न लाग्यो किनारा लगाइदेउन भनेर मैले नै संसदमा भनेको थिए । अहिले पनि अवस्था त्यस्तै छ  मूल्यवृद्धिको मारमा जनता परेका छन्  । तेलको मूल्य फेरि बढाउने कुरा आएको छ ।

हामीले छलफल गरेर जनतालाई राहत कसरी दिनुपर्छ भनेर भनेका गठबन्धनको बैठकमा प्रधानमन्त्रीलाई भनेका छौँ ।’ नेता नेपालले भन्नुभयो ।

288297376_777209397048019_6049888657621484870_n1655650267.jpg

स्थानीय तहको निर्वाचन प्रणालीमा परिर्वतन आवश्यक रहेको भन्दै स्थानीय तहसम्बन्धी कानूनमा संशोधन गर्नेबारे विभिन्न कोणबाट कुराहरु उठिरहेको र आगामी संघीय निर्वाचनपछि त्यसको चर्चा हुने बताउनु भयो ।

‘स्थानीय तहमा वडाध्यक्ष प्रत्यक्ष निर्वाचित गर्ने र सदस्यहरु चुनावपछि मनोनीत गर्ने कुरा पनि छलफलमा आएका छन् । मत बदरको संख्या पनि अत्यधिक भयो । चुनावको प्रणालीमै पनि समस्या छन् ।’

मन्त्री परिवर्तनका विषयमा बोल्दै अध्यक्ष नेपालले केही दिनभित्रै पार्टी निर्णयअनुसार नै हुने बताउनु भयो । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रले समय मागेकाले ढिलाइ भएको भन्दै केही दिनमा परिवर्तन हुने बताउनु भयो ।