Saturday, July 25

एन्फाको डलर सटही काण्डमा फेरी वाहिरीयो

नेपालअखबार, काठमाण्डौ । फुटवलको सर्वोच्च निकाय अखिल नेपाल फुटवल संघ (एन्फा) अधिवेशनको संघारमा छ । विभिन्न काण्डै काण्डमा मुछिएको एन्फाको वर्तमान कार्य समिति यतिखेर फेरी डलर सटही काण्डमा मुछिएको छ ।

Advertisement

पछिल्लो पटक सार्वजनि भएको एन्फाको कुकृत्य मध्ये अस्ट्रेलियामा फुटबल खेल्न जाने क्रममा नेपाली रास्ट्रीय टीमले तिर्नुपर्ने रकम नेपाल रास्ट्र बैंक बाट सटही नगरी बाहिर बाटै डलर सटही गरि बिदेशी मुद्रा अपचलन र गैर कानुनी तवरले सटही गरि हुन्डी गरिएको जानकारी प्राप्त भएको छ ।

Advertisement
Advertisement

यो घटना बाहिर चर्चामा आएपछि प्रहिलो निवेदन लाई हटाइ दोस्रो निवेदन राखेर किर्ते र फर्जी जालसाजी गरिएको स्पस्ट छ । यस बिषयमा सम्बधित निकायले किर्ते र फर्जी र बिदेशी मुद्रा अपचलन अन्तर्गत छानबिन गरि कार्वाही गर्नु जरुरी देखिन्छ यो घटनामा अध्यक्ष कर्मा छिरिङ सेर्पा , महासचिव इन्द्रमान तुलाध,र , टीम मेनेजर मधु सुधनको मुख्य पात्र भएको आरोप छ ।

Advertisement

नेपाली टिम अष्ट्रेलिया जानलाइ मधुसुधन उपाध्यायको निवेदनको आधारामा १०६४२९४ रकम लिएको पाइन्छ भने उक्त रकम संस्थागत रुपमै एन्फाको पत्र सहित राष्ट्रिय बैकबाट कानुनी आधारमा डलर एक्सचेञ्ज हुनु पर्नेमा ड्लर राष्ट्रिय बैका मार्फत नसाटी ब्रोकर र महासचिव मधुसुधनको मिलोमतोमा सटही गरी मुद्र अपचल्न गरीनु आफैमा गैरकानुनी भएको सरोकारवालाहरुको भनाई छ । खेलमा पराजित भएर नेपाल फर्केको महीनौ वितेपछि डलर अपचल कालोबजारिको चर्चा बाहिर आयो उनले अध्यक्ष र माहासचीवको मिलोमतोमा निवेदन फेरेको प्रमाण छ ।

मधुसूदन को निवेदन अस्ट्रेलिया को होटलले नगद लिन नमानेको कारण देखाइएको छ यो सत्यता संग मिल्दो छैन ।

निवेदनमा भनिएका बटाजुले तिरेको रकम के नाम र कुन एजेन्सि मार्फत कारोवार गरीयो कुन विल भर्पाइ प्रयोग भयो ? बटाजुले उहाँ पाउने रकम हुण्डिवाट पाए त्यो नेपालवाटै सम्भव थिएन र ? यो सवै खोजिको विषय हो ।

यस्को जवाफ एन्फाका अध्यक्ष कर्मा छिरीङ शेर्पा एन्फाका महासचिव सहितको वर्तमान कार्य समितिले दिनु पर्छ की पर्र्र्दैन सर्वत्र चर्चाको विषय छ । यस अघि विभिन्न काण्डमा मुछिएको एन्फा फेरी मुद्रा सट्टेवाजिको काण्डमा फसेको छ । हुत यो केही समय अघिको विषय हो तर पनि सुशासन पारदर्शिता र जवाफदेहीता कायम गर्न यतिको जिम्मेवार संस्थाले यस्ता विषयवस्तुहरुलाई ख्याल गर्नु पर्छ की पर्दैन ?चर्चाको विषय छ ।