Saturday, July 25

श्रीलंकामा सरकारी कर्मचारीलाई दुई हप्ता घरबाटै काम गर्न सरकारको निर्देशन

नेपालअखबार, एजेन्सि। श्रीलंकाकामा सरकारले कर्मचारीहरूलाई दुई हप्ता घरबाटै काम गर्न निर्देशन दिएको छ।

Advertisement

इन्धनको अभावले मुलुकमा संकट आइरहेको हुँदा दुई हप्ताको लागि घरबाटै काम गर्न निर्देशन दिएको समाचार संस्था रोयटर्सले जनाएको छ।

Advertisement
Advertisement

सरकारको व्यवस्थापकीय कमजोरी र कोभिड-१९को महामारीले गर्दा दुई करोड २० लाख श्रीलंकाली आर्थिक संकटमा बस्न बाध्य छन्।

Advertisement

‘इन्धन आपूर्तिको सीमा, कमजोर सार्वजनिक यातायात प्रणाली र निजी सवारीसाधन चलाउन कठिन भएको हुँदा सोमबारबाट केही कर्मचारी मात्रै कार्यालयमा आएर काम गर्नू,’ गृह मन्त्रालयले शुक्रबार जारी गरेको सर्कुलरमा भनिएको छ।

स्वास्थ्य क्षेत्रलगायत अति महत्वपूर्ण कामका कर्मचारीले भने कार्यालयमै जानुपर्ने सर्कुलरमा भनिएको छ। इन्धन संकटसँग जुध्न यसअघि सरकारले हप्ताको चार दिनमात्रै कार्यालय खोल्ने निर्णय गरेको थियो।

श्रीलंकाका अहिले पेट्रोल पम्पहरूमा लामा लाइनहरू छन्। इन्धन भर्न १० घन्टासम्म लाइन बस्नुपर्ने अवस्था छ।आउँदो केही महिनामा खाद्यान्नको अभाव हुन सक्ने भन्दै प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गरेको छ।