Wednesday, August 19

लाकुरीभञ्ज्याङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

नेपालअखबार, काठमाडाैं । ललितपुरमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

Advertisement

महालक्ष्मी नगरपालिका-१० लाकुरी भञ्ज्याङ नारायण डाँडामा सोमबार राति टिपर दुर्घटनामा परेको हो।

Advertisement
Advertisement

नारायणडाँडा उकालोमा बा ४ ख ७३३६ नम्बरको टिपर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनाबाट टिपर चालकको मृत्यु भएको हो।

Advertisement

मृतक काभ्रे मण्डनदेउपुर घर भएका ३३ वर्षीय कपिल तामाङ छन्।

प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको थियो।