Tuesday, July 28

खोँचमा फसेकाको उद्दार तथा प्राथमिक उपचारको नमुना अभ्यास

नेपालअखबार, पोखरा। गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको आयोजनामा मनोरञ्जनको रुपमा, केही विशेष काम र आत्महत्याको शिलशिलामा खोँच वा भिरमा फसेका घाईते तथा मृतकको उद्दार सम्बन्धि सिमुलेशन अभ्यास सम्पन्न भएको छ ।

Advertisement

आजभोली सर्वाधिक चलेको मोबाईल टिकटक बनाउन पनि खोच वा भिरमा फस्ने घटनाहरु भएको पाईन्छ । यस्ता गलत काम नगर्न सन्देश दिदै त्यस्ता घटना भईहाले नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेनाको समन्वयमा पूर्व तयारी अभ्यासको डेमो प्रस्तुत गरिएको हो ।

Advertisement
Advertisement

विपद्का घटनामा उद्दार कार्यलाई प्रभावकारी बनाउन गरिएको उक्त कार्यक्रम गण्डकी प्रदेश सरकारका अन्तरीक मामिला मन्त्री डोबाटे विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमूख अतिथि मन्त्री विश्वकर्माले प्रहरीद्वारा विपद् उद्दारका कार्यहरुको उच्च मुल्यांकन गरिरहेको बताउदै उत्कृष्ट सिमुलेशन प्रदर्शन गरेकोमा धन्यवाद प्रकट गरेका थिए। कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक कृष्णहरी शर्माले कार्यक्रम सफल बनाउन खटिने सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई धन्यबाद व्यक्त गर्दै विपद् जुनसुकै बेला आउनसक्ने भएकोले प्रहरी कर्मचारी २४ सै घण्टा तयारी अवस्थामा रहन निर्देशन दिएका थिए।

Advertisement

वर्षाको समयमा बढी पहिरोलगायत अन्य प्रकारका विपदमा त्यस्ता ठाँउमा जान अझ बढी खतरा हुन्छ । आम नगरिकहरूले विपदको समयमा के गर्ने, विपदको समयमा सम्बन्धित निकाय बिच कसरी समन्वय गर्ने र विपद्लाई कसरी न्यूनीकरण गर्ने भन्ने जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

विवाहको लागी घर परीवारले सहमति नदिए पछी भिरबाट हाम फाली आत्महत्या प्रयास गरेका एक प्रेमिल जोडीको उद्दार गरी अस्पताल पठाईएको कथा वस्तुलाई नाटकिय रुपमा प्रस्तुत गरीएको उक्त सिमुलेशनमा विपद्को समयमा प्रहरी कार्य स्पष्ट प्रस्तुत गरिएको थियो ।