Sunday, July 26

आज राष्ट्रिय सभाको बैठक बस्दै

नेपालअखबार, काठमाडाैं । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।

Advertisement

बैठकमा विनियोजन विधेयक २०७९ का विभिन्न शीर्षकमध्ये शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात, परराष्ट्र, खानेपानी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ । बैठकमा भगवती न्यौपानेले विनियोजन विधेयक २०७९ अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने खर्च कटौतीको प्रस्ताव र सोनाम गोल्जेन शेर्पाले विनियोजन विधेयक २०७९ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Advertisement
Advertisement

मंगलवारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिरोध जनाएसँगै सोही कार्यसूची आजका लागि सारिएको हो ।

Advertisement