Saturday, July 25

कम्बोडियामा भेटियो ३ सय केजी तौल भएको संसारकै ठूलो माछा

नेपालअखबार, एजेन्सि। कम्बोडियाको मेकङ नदीमा विश्वकै सबैभन्दा ठूलो आकारको ताजा पानीमा पाइने माछा फेला परेको छ। नदीमा पाइएको उक्त क्याटफिस जातको माछाको तौल ३ सय केजी छ।

Advertisement

यसअघि सन् २००५ मा थाइल्याण्डस्थित मेकङ नदीमा पाइएको २ सय ९३ केजीको क्याटफिस माछा विश्वको सबैभन्दा ठूलो ताजा पानीको माछाको रुपमा थियो ।

Advertisement
Advertisement

यद्यपि विश्वमा ताजा पानी (फ्रेस वाटर) मा पाइने सबैभन्दा ठूलो माछाको आधिकारिक डाटाबेस भने राख्ने गरिएको छैन।

Advertisement

एसियाको अन्तर्राष्ट्रिय नदी भनिने मेकङ माछाको जैविक विविधताको दृष्टिकोणले निकै धनी मानिन्छ । तर अत्यधिक माछा मारिने, जलप्रदूषण उच्च हुनु तथा बाँधहरुका कारण उक्त नदीमा माछाको पर्यावरण चक्र संकटमा परेको छ।

तिब्बतबाट सुरु भएको मेकङ नदी चीन, म्यानमार, थाइल्याण्ड, लाओस, कम्बोडिया तथा भियतनाम हुँदै बग्दछ ।मेकङ नदीमा माछाको विषयमा पछिल्लो २० वर्षसम्म अध्ययन गर्दै आएका जीव वैज्ञानिक जेब होगानका अनुसार कम्बोडियामा फेला परेको ३ सय किलो तौलको माछा हालसम्म पृथ्वीका नदी, ताल आदि ताजा पानीका स्रोतहरुमा पाइएको सबैभन्दा ठूलो माछा हो ।

गत जुन १३ मा कम्बोडियाको कोह प्रेह टापुस्थित एक स्थानीय माझीले ३.९८ मिटर लामो र २.२ मिटर चौडा माछा समाएको भनेर शोधकर्ताहरुलाई खबर गरेका थिए । त्यसपछि शोधकर्ताहरुले उक्त माछाको नापजाँच गरे। जसबाट सो माछाको तौल ३ सय केजी पाइयो। उनीहरुले उक्त माछाको भावी गतिविधि अध्ययन गर्नका लागि ट्याग लगाएर नदीमा पुनः छाडेका छन्।

‘६ महाद्वीपमा नदी र तालहरूमा विशाल माछाको अनुसन्धानको २० वर्षमा हामीले भेटेको यो सबैभन्दा ठूलो ताजा पानीको माछा हो’, मेकोङ परियोजनाको वन्डर्सको नेतृत्व गर्ने माछा जीव वैज्ञानिक जेव होगनले भने।

गत महिना चार मिटर लामो र १८० किलो तौल भएको लोपोन्मुख विशाल ताजा पानीको माछालाई सोही प्रान्तका एक माझीले समातेका थिए।