Wednesday, July 29

१३ वर्षीया बालिकामाथि बालयौन दुरूपयोग गरेको आरोपमा एक पक्राउ

नेपालअखबार, झापा। झापामा १३ वर्षीया बालिकामाथि बालयौन दुरूपयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

Advertisement

बुद्धशान्ति गाउँपालिका-४ जुनेली बस्ती बस्ने २६ वर्षीय विजय राईलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

Advertisement
Advertisement

उनीमाथि १३ वर्षीय बालिकालाई बालयौन दुरूपयोग गरेको आरोप छ।

Advertisement

राईले बिहीबार साँझ बालिकालाई बालयौन दुरुपयोग गरेको भन्ने जाहेरी परेको थियो।

जाहेरीपछि ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।