Saturday, July 25

भोलि एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठकको सोमबार उद्घाटन हुने भएको छ । प्रज्ञा भवन, कमलादीमा अध्यक्ष माधवकुमार नेपालले सोमबार बिहान साढे ११ बजे बैठकको उद्घाटन गर्ने छन् ।

Advertisement

बैठकमा देश तथा विदेशबाट समेत गरी १५ सय भन्दा बढीको सहभागिता रहने एकीकृत समाजवादीले जनाएको छ ।

Advertisement
Advertisement

एकीकृत समाजवादीले पहिलो पटक केन्द्रीय परिषद्को बैठक बोलाएको हो । बैठकमा स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय कमिटी सदस्य, केन्द्रीय विभागका सचिवहरु, प्रदेश कमिटीका पदाधिकारीहरु, जिल्ला कमिटीका अध्यक्षहरु, प्रदेश सम्पर्क कमिटीका अध्यक्षहरु, जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय सल्लाहकार लगायतका सदस्य स्वतः सदस्य हुने व्यवस्था छ ।

Advertisement

केन्द्रीय परिषदमा प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट एक महिलासहित दुई जना प्रतिनिधि पनि सहभागी हुनेछन् । केन्द्रीय परिषदको बैठकमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीबाट समृद्ध भएर आएको चुनाव सम्बन्धी प्रतिवेदनमाथि छलफल हुने छ ।