Saturday, April 25

तनहुँमा भएको दुर्घटनामा २ जनाको मृत्यु

नेपालअखबार, तनहुँ । पृथ्वी राजमार्ग अन्तगत तनहुँको देउरालीमा बलेरो र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुर हेटौंडाका जयराम मोक्तान र भिमफेदीका दिपेश गोले रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवाराज खड्काले जानकारी दिए । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा ४३ प ३०२० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ४१८२ नम्बरको बलेरोले ठक्कर दिँदा दुर्घटना भएको हो ।

Advertisement