Tuesday, July 28

काठमाडौंमा १४ जनामा देखियो हैजा

नेपाल अखबार, काठमाडाैं । काठमाडौं उपत्यकामा १४ जनामा हैजा देखिएको छ।

Advertisement

उपत्यकामा १४ जनामा हैजा देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए।

Advertisement
Advertisement

बुधबार गृह मन्त्रालयमा आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा दासले १४ जनामा हैजा देखिएको र उपचारपश्चात घर फर्किएका बताए

Advertisement

हैजाका दुई बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको छ।

दासले हैजाका पहिलो बिरामीको अवस्था अत्यन्त जटिल देखिएपछि सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार गरिएको बताए।