Wednesday, August 19

बैतडीमा बलात्कार आरोपमा वडाध्यक्षसहित दुई पक्राउ

नेपालअखबार, बैतडी । बैतडीमा बलात्कारको आरोपमा एक वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन्।

Advertisement

मेलौली नगरपालिका-१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगीलाई पक्राउ गरेको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

Advertisement
Advertisement

उनका अनुसार उनीहरूले २८ वर्षीया युवतीलाई गत चैत १५ गते बलात्कार गरेको आरोप छ।

Advertisement

पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक जोशीले बताए।

पीडित महिलाको स्वास्थ्य परीक्षण उजुरी दिएकै दिन जिल्ला अस्पतालमा गरिएको छ।

आरोपित दुबै जनालाई हिरासतमा राखी अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पीडित महिला परिवारकै संरक्षणमा रहेकी छन्।