
नेपालअखबार, पाेखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बरालजीवननेकपामाओवादी केन्द्रले केन्द्रीयसदस्यमामनोनितभएका छन्। आइतबार बसेको केन्द्रीय समितिको बैठकले मन्त्री बराललाई केन्द्रिय सदस्यमामनोनित गरेको हो ।
पार्टीअध्यक्षपुष्पकमलदाहाल प्रचण्डले केन्द्रीय समितिमाबराललाई केन्द्रिय सदस्यमामनोनितगर्ने प्रस्ताव पेश गरेकाथिए । मन्त्रीबराल यस अघि गण्डकी प्रदेशको पार्टी सदस्यभएकाथिए ।
त्यसै गरी बैठकले आसमान रोका, तेज कुमारी पौडेललाई समेत केन्द्रिय सदस्यमामनोनयन गरेको श्रोतको भनाई छ । मनोनितभएका सदस्यहरुलाई पार्टी अध्यक्ष प्रचण्डले पार्टीको हेडक्वाटरमा सोमबार सपथ ग्रहण गराएको रोकाले जनाए । काठमाण्डौंमा सोमबार देखि सुरु भएको बैठकअसार २१ गतेसम्मचल्ने भएको उनले जनाए ।
गण्डकी प्रदेशको प्रदेश सभामा बजेट सम्बन्धि छलफल सोमबार देखि संचालनहुने भएको हुदामन्त्री बरालपोखरा फर्किदै गरेको श्रोतको भनाई छ ।

