Wednesday, July 8

एमालेले सातै प्रदेशमा प्रशिक्षण दिने

नेपालअखबार, काठमाडाैं । नेकपा एमालेले सातै प्रदेशमा कार्यकर्तालाई प्रशिक्षण दिने भएको छ।

Advertisement

आइतबार बसेको एमाले सचिवालय बैठकले सातै प्रदेशमा प्रशिक्षणका लागि उपाध्यक्षहरूलाई खटाउन लागेको हो।

Advertisement
Advertisement

प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेस प्रदेशमा सुरेन्द्र पाण्डे, बागमती प्रदेशमा विष्णु पौडेल, गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा सुवास नेम्वाङ, कर्णालीमा रामबहादुर थापा र सुदूरपश्चिम प्रदेशमा युवराज ज्ञवालीलाई खटाउने निर्णय गरेको हो।

Advertisement

प्रशिक्षणको मिति भने तय भएको छैन।

प्रशिक्षणमा समसामयिक राजनीतिक ओरियन्टेसन हुने, निर्वाचनको समीक्षा र आगामी निर्वाचनको तयारीबारे प्रशिक्षण हुने एमाले प्रचार प्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले बताए।

जनप्रतिनिधिलाई काममा सहजीकरण गर्ने, महंगी लगायतका जनविरोधी काममा जनसंगठनलाई परिचालन गर्ने, प्राकृतिक विपत्तिको अवस्थामा स्वयंसेवकलाई तयारी अवस्थामा राख्न निर्देशन दिने काम पनि हुने उनले बताए।